बेलडाँडीमा भोलि देखि रामलिला सुरु

कञ्चनपुर: जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकामा भोलि देखी रामलिला मञ्चन सुरु हुने भएको छ।

विगतका वर्ष झै यस वर्ष पनि बेलडाँडि रामलिला समितिले बेलडाँडी गाउँपालिका वडा नम्बर २ अवस्थित बेलडाँडी बजार नजिकै रहेको बषपार्क क्षेत्रमा रामलिला मञ्चन गर्ने निर्णय संगै भोलि देखी आयोजना गर्न लागेको रामलिला समिति बेलडाँडिले जानकारी दिएको हो।

बेलडाँडीमा मञ्चन हुने रामलिला कार्तिक ११ गते देखि सुरु हुने भनिएको थियो। तर कारण बस एक दिन अगाडि नै कार्तिक १० गते शुक्रबार एक कार्यक्रमका साथ रामलिलाको उद्धघाटन हुने बेलडाँडी रामलिला समिती बताएको छ। उक्त रामलिला कार्तिक २४ सम्म सञ्चालन हुने छ।

सामाजिक सद्भाव तथा भगवान् रामको चरित्रमा मञ्चन गर्न लागिएको रामलिला मञ्चनले सबैको भलो गर्ने विश्वास गरिएको छ। रात्री रामलिला मञ्चनको उद्देश्य समाजिक सद्भाव कायम गरि आदर्श समाज निर्माण गर्नु हो।

ताजा समाचार