कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका स्थित एक सहकारीका व्यवस्थापकमाथि कुटपिट भएको छ । शुक्लाफाँटा नगरपालिका ७ स्थित सुन्बरा ग्रामिण विद्युत सहकारीका व्यवस्थापक गणेश सिह ठगुन्नामाथि कुटपिट भएको हो । पारीफाँटाका स्थानीय हर्क बहादुर बोहराको पसलमा व्यवस्थापक ठगुन्नामाथि कुटपिट भएको जनाईएको छ । घाईते गणेश सिह ठगुन्नाले आफुमाथि कमल भनिने पवन बोहराले कुटपिट गरेको बताए । व्यवस्थापक ठगुन्नाले कमल बोहरा(पवन)का बाबुसंग कुराकानीका क्रममा एक्कासी पछाडीबाट टाउकोमा हिर्काएर घाईते बनाएको बताए ।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/7adaf056-1371-435a-8f36-0468544720ac.jpg)
‘म कमल बोहरा(पवन)को बाबुसंग कुराकानी गर्दै थिए, त्यतिकैमा बोहराले पछाडीबाट मेरै टाउमा प्रहार गरे, ‘उनले भने, ‘मेरो टाउकोमा पञ्जा वा ढुङ्गाले प्रहार गरेर घाईते बनाईदियो ।’ टाउकोबाट लगातार रगत बगेपछि स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि मायामेट्रो अस्पतालमा उपचार गराईरहेको छु ।’ टाउकोमा ९ टाँका लागेको बताउँदै ठगुन्नाले सिटीस्केनको रिर्पोट नआएको दुखिरहेको बताए ।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/7d2760c2-08b4-4b4c-91a7-3fad66a6051c.jpg)
घाईते भएपछि कार्यालयको कामकाज समेत प्रभाव पर्ने बताए । ठगुन्नाले आफुमाथि प्रहार किन ? गरिएको भन्दै बोहरालाई सोध्ने बताए । ‘म माथि बोहरा जीले मार्ने उदेश्यले पछाडीबाट प्रहार गरेको देखियो, ‘घाईते ठगुन्नाले भने, ‘मैले त बोहरालाई त्यस्तो केही गरेको थिएन, आँखिर मलाई यसरी पछाडीबाट कुटने कारण के रहेछ ।यस विषयमा छानबिन हुनुपर्छ ।’ घाईते ठगुन्नाले न्यायका लागि आग्रह गरेका छन । घाईते ठगुन्नाले आफु र बोहराले मदिरा सेवन गरेको स्वीकार गरेका छन । इलाका प्रहरी कार्यालय झलारीका इन्चार्ज बीर बहादुर बुढा ऐरले घटनाबारे अनुसन्धान भईरहेको बताए ।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/d7138331-2147-4a09-b06e-e242a6fc9eb3.jpg)
इन्चार्ज बुढाऐरले गणेश ठगुन्नामाथि कुटपिट गर्ने कलम बोहरालाई नियन्त्रणमा लिएको बताए । दुवै जना मदिरा सेवन गरेर एक आपसमा झै झगडा गरेको बताउदै उनले ठगुन्ना उपचारथ रहेको बताए । ‘ठगुन्ना धनगढीमा उपचार गर्दैछन, ‘उनले भने, ‘अब दुवै पक्षसंग सोधपुछ गछौँ ।’ घाईते ठगुन्नाका आफन्त घर परिवार एव स्थानीयले ज्यानै लिनेगरी ठगुन्नाको टाउकोमा प्रहार गर्ने माथि अनुसन्धान गरेर कानुनी कार्बाहीको माग अघि सारेका छन ।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/Belndai.jpg)