बेलडाँडी फुटबल महोत्सवको आज समापन, उपाधिका लागि पुलिस र झिल्मिला युवा समाज बिच प्रतिस्पर्धा


कञ्चनपुर : जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकामा नेपालीहरुको महान चाड विजया दशमी तथा शुभ दिपावलीको अवसरमा आयोजित बेलडाँडी फुटबल महोत्सव २०८० को आज समापन हुने भएको छ।

एकता युवा समाज बेलडाँडीको आयोजना रहेको फुटबल प्रतियोगिता २०८० को आज समापन संगै उपाधिका लागि नेपाल पुलिस र झिल्मिला युवा समाज बिच प्रतिस्पर्धा हुने आयोजक संस्था एकता युवा समाजका अध्यक्ष ललित गिरिले बताएका छन् ।प्रतियोगितामा उपाधि दावेदार नेपाल पुलिस क्लब र झिल्मिला युवा समाज बिच आज दिउँसो १ बजे रोमाञ्चक प्रतिस्पर्धा हिने भएको छ। फाइनल खेल रौलेश्वर माध्यमिक विद्यालयको खेलमैदानमा हुनेछ। समापनको सम्पुर्ण तयारी पूरा भएको सचिन कठायतले जानकारी दिएका छन ।उक्त प्रतियोगिताको फाइनल खेलमा विजेता हुने टिमले बेलडाँडी क्षेत्रकै हालसम्मको सबैभन्दा ठुलो धनराशिको पुरस्कार हात पार्ने छ। प्रतियोगिताको प्रथम हुने टिमले १ लाख १ हजार १ सय ११ पुरस्कार रकमसहित ट्रफी, प्रमाण पत्र, मेडल पाउने छ । दोस्रो हुने टिमले ५५ हजार ५ सय ५५ नगद राशी ट्रफी, प्रमाण पत्र, मेडलमा चित्त बुझाउने छ ।

साथै विभिन्न विधाका उत्कृष्ट खेलाडी, उत्कृष्ट फरुवार्ड, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र उदयमान खेलाडीलाई उचित पुरस्कार दिइने आयोजकले जनाएको छ । प्रतियोगितामा विभिन्न क्लब संघसंस्थाका २२ टिमको सहभागिता रहेको थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img