सिद्धनाथ अमर विद्यालयमा संचालित योग कक्षा समापन


कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका ११ गड्डाचौकी स्थित सिद्धनाथ अमर माध्यामिक विद्यालयमा संचालित योग कक्षा समापन गरिएको छ । २७ असोजदेखि शुरु भएको योग कक्षा ५ कार्तिक आतबार समापन गरिएको हो ।

कार्यक्रममा सिद्धनाथ अमर माध्यामि कविद्यालयका प्रअ चुडामणी जोशीले स्वागत मन्तव्य राख्दै स्वास्थ्यका लागि योग शिबिर संचलन गरिएको बताए ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अशोक पाण्डेको अध्यक्षतामा भएको कार्यक्तममा भीनपा ११का वडाध्यक्ष प्रकास थापाको प्रमुख आथित्यमा कार्यक्तम भएको थियो ।

पतञ्जली योग समिति नेपालका केन्दीय सदस्य एव योग गुरु लवराज भट्ट, कमला सापकोटा जिल्ला अध्यक्ष दयाकृष्ण जोशी, महिला अध्यक्ष कमला पाण्डे, उपाध्यक्ष भावना केसी सहितको उपस्थिति रहेको थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img