चर्चित गायक महेश कुमार औजी र गायिका भागरथी खत्रीको ‘मन त तेराई पास’ सार्वजनिक

कञ्चनपुर : चर्चित गायक महेश कुमार औजी र गायिका भागरथी खत्री धामीको स्वरमा रहेको ‘मन त तेराई पास’ सार्वजनिक भएको छ। गीतमा गायिका भागरथी खत्री धामीकै शब्द शिर्जना रहेको छ। उक्त गीत अलिशा रेकर्डिङ स्टुडियोले रिकर्ड गरेको हो। गीतमा रमेश ऐर र कोपीला सिहंको अभिनय रहेको छ।

गीत सुदूरपश्चिमको कला, साहित्य, संस्कृति, तथा मौलिकतालाई जोगाउन लामो समयदेखि गीत संगीत तथा अन्य कलात्मक सामग्रीहरूलाई जीवन्त राख्दै आएका युवा प्रकाश कलौनी र मनोज प्रसाद भट्टको युट्युब च्यानल ‘सुदूर खबर वान’ बाट सार्वजनिक गरिएको छ।

ताजा समाचार