खडक ब. काेलि/कञ्चनपुर : दशैकाे बेला व्यापार गर्ने डडेल्धुराको परशुराम नगरपालिका बाट कञ्चनपुर जिल्ला खसी बोका बिक्री वितरण गर्ने व्यापारीहरुले गत वर्षभन्दा ब्यापार घटेको बताएका छन् ।

छिमेकी राष्ट्र भारतबाट बनबसा र बरमदेउ नाकाबाट खसीबोका आयात हुने भएकोले हामीले बिक्री गर्ने खसीबोका बिक्री नभएको परशुराम नगरपालिका खुशी ठेकेदार मन बहादुर गोराले बताएका छन् गत वर्ष दुई सयभन्दा बढी खसीबोका ल्याएर पनि बिक्री हुन्थे यसपालि १५० वटा बोका ल्याउँदा पनि बिक्री वितरण मा कमी आएकाे आएको ठेकेदार बोराले बताइए बाख्रा पालनमा कृषक को संख्या बढेको हुनाले युवा जनशक्ति विदेश पलायन भएका कारणले पनि ब्यापार घटेको परशुरामनगरपालिका वाड नम्बर ८का धनबहादुर धामी काे भनाई छ।

उनले भने कृर्षक बाख्रापालनमा चासो दिनु राम्रो भएपनि वनबसाबाट खसीबोका प्रतिबन्ध लगाउनु पर्ने बताएका छन्। स्थानिय सरकारले अबैध रुपले आयात हुने खसी बाेकामा प्रतिबन्ध लगाउनुपर्ने व्यापारिहरुकाे माग छ।








