नेपालिहरुकाे महान चाड बिजया दशमिकाे आज साताै दिन अथवा फुलपाति

नेपाली सेना र नेपाल प्रहरीले एकैसाथ फुलपाति भित्र्याए


खडक ब. काेलि / कञ्चनपुर : नेपालिहरुकाे महान चाड बिजया दशमिकाे आज साताै दिन अथवा फुलपातिकाे दिन नेपाली सेना र नेपाल प्रहरीले एकैसाथ फुलपाति भित्र्याएका छन। प्रत्येक वर्ष दुर्गापक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फुलपाती पर्व आज शास्त्रीय विधि अनुसार शुभसाइतको पर्ती फुलपाती भित्र्याइएको नेपाली सेना 25 नम्बर बाहिनी पति सहायक रथि मनाेज थापाले बताएका छन्।

नेपाली परम्पराअनुसार बौद्धिक विधि पूर्वक दुर्गालाई आहन गरी पूजा गरिएको पूजाकोठामा मान वृक्ष , अशोकको फूल ,जयन्ती ,दारिम ,बेलपत्र, धानकाे बाला, केराकाे बाेट,हेलिदाे, उख भित्र्याईएकाे भगतपुर ब्यारेकका गुल्मपति सेनानि राजिब जङ्ग ठकुरिले बताएका छन।

यस कार्यक्रम भगतपुर ब्यारेक, मझगाउ गण, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरकाे संयुक्त रूपमा फुलपाति पूजाआजा गरी फूलपाती भित्र्याइएको नेपाली सेनाले जनाईएको छ। आज देशभरि नै मठ मन्दिरहरुमा पुजाआजा गर्नेहरूको घुईँचो छ। शक्तिपीठ दुर्गा देवी भवानीको प्राचीनकालदेखि नै पुजाआजा गदै आएकाे धार्मिक परम्परा रहि आएकाे छ भने असत्यमाथि सत्यको विजय हुने भनाईरहि आएकाे छ।


Loading Viewer...

ताजा समाचार

spot_img