कृष्णपुर : कृष्णपुर नगरपालिका – २ शान्तिपुर, बांणीका बृद्ध अशक्त प्यारु दमाईको परिवारलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । परियार कल्याण केन्द्र नेपालका शुभचिन्तक तथा आफन्त नेपाल कञ्चनपुरका कार्यक्रम अधिकृत बिर बहादुर नेपालीको पहलमा कृष्णपुर नगरपालिका वडा नंं. २ का वडा अध्यक्ष अर्जुन सिंह साउदको रोहोवरमा प्यारु दमाईलाई २८ हजार ३ सय रुपैया सहयोग रकम हस्तान्तरण गरिएको हो । परियार कल्याण केन्द्र नेपालको समन्वयमा जर्मनी निवासी समाजसेवी कृष्ण प्रशाद गौतमले प्रदान गरेको २६ हजार २ सय ५० र काठमाण्डौं निवासी भिम परियारले प्रदान गर्नु भएको २ हजार ५० गरी जम्मा २८ हजार ३ सय रुपैया परियार कल्याण केन्द्र नेपालका शुभचिन्तक तथा आफन्त नेपालका कार्यक्रम अधिकृत बिर बहादुर नेपालीको सक्रियतामा प्यारुलाई हस्तान्तरण गरिएको हो । गत श्रावण १५ गते घरायसी बिवादका कारण प्यारुका छोराको उनकै भतिजा र भन्जाले हत्या गरे पछि ७० बर्षिय बृद्ध, अशक्त प्यारु र उनकी श्रीमती ६५ बर्षिय प्रेमजला दमाई घरमै दुःखपुर्ण जिवन ब्यतित गरिरहेका छन ।

‘बिरामी बृद्ध अशक्त प्यारुको दयनिय अवस्था बारे आफन्त नेपालका कार्यक्रम अधिकृत बिर बहादुर नेपाली लाई जानकारी गराएको थिए, प्यारुको घरमा सहयोग रकम हस्तान्तरण गर्दै वडा अध्यक्ष अर्जुन सिंह साउदले स्मरण गर्दै भने ‘उहाँले, बिदेशमा बस्ने समाजसेवी र परियार कल्याण केन्द्र नेपालका शुभचिन्तकहरुबाट संकलित रकम प्यारु दमाईलाई प्रदान गर्न पहल गर्नु भो, उहाँले परियार कल्याण केन्द्र नेपाल मार्फत गरेको यो काम निकै राम्रो छ’ । ‘छोराको हत्या पछि, घरमा बृद्धबृद्धा दुई जना मात्रै छन, साहारा कोही छैन’ उनले अगाढी भने ‘आम्दानीको श्रोत छैन, बृद्ध शरीर छ त्यसमा पनि लामो समय देखी एमडिआर टिबीको संक्रमणबाट संक्रमित प्यारु दमाईको परिवारलाई बिहान बेलुकी हातमुख जोर्न समस्या परिरहेको अवस्थामा परियार कल्याण केन्द्रले गरेको सहयोगले प्यारुको परिवारलाई केही महिना भए पनि सहज हुनेछ’ उहाँले गरेको सहयोग प्रसंसनिय छ । सहयोगी मनहरुलाई हाम्रो सम्मान छ । ‘मेरो कोही पनि छैन, म बिमारी अशक्त छु, पोषिलो खानेकुरा होईन, खान अन्नको पनि समस्या छ, अलि अलि कमाउने छोराको हत्या भयो हामी दुखद जिवन बिताईरहेका छौं, यस्तो बिपतको बेलामा हामीलाई सहयोग गर्नु भयो, खुसी लागेको छ । घरमा भगवानै आए जस्तो लागेको छ’ सहयोग रकम बुझेपछि प्यारु दमाईले आँखा बाट आँशु झार्दै भने ‘अव यो पैसाले अन्नपात र पोषिलो खानेकुरा किन्नेछु बाँकी औषधी उपचारमा खर्च गर्नेछौं’ सहयोगी हातहरुलाई धेरै धेरै धन्यवाद छ ।

प्यारु दमाई बिरामी, बृद्ध अशक्त र अवस्था दयनिय भएकोले परियार कल्याण केन्द्र नेपालको समन्वयमा देश बिदेशमा बस्ने परियार समुदायका समाजसेवीहरु बाट संकलित रकम प्यारु दमाईलाई हस्तान्तरण गरिएको परियार कल्याण केन्द्र नेपालका शुभचिन्तक बिर बहादुर नेपालीले बताए । उनले भने ‘बिगतमा पनी परियार कल्याण केन्द्रले बिपन्न र समस्यामा परेकाहरुलाई औषधी उपचार, शिक्षा स्वास्थ्यमा सहयोग गर्दै आईरहेको छ’ ।







