दोधारा चाँदनीमा आजबाट रात्रीकालिन रामलिला नाट्य श्रंखला

दोधारा । सामाजिक सदभावको लागी आजबाट दोधारा चाँदनीमा रामलिला संचालन हुने भएको छ् । दोधारा चाँदनी नगरपालिका– ७ लक्ष्मी माबिको प्रांगणमा आजबाट रात्रीकालिन आदर्श रामलिला नाट्य श्रंखला संचालन हुने भएको आदर्श रामलिला ब्यवस्थापन समिति दोधारा चाँदनीले जनाएको छ् । नाटक संचालनको लागी सम्पुर्ण तायरी सकेर आज रातीबाट आदर्श रामलिला नाट्य श्रंखलाको समउद्धघाटनको हुने भएको हो । केही दिन अघि दोधारा चाँदनी नगरपालिका कार्यपालिका बैठकले रामलिला संचालनको लागी रु. २ लाख रकम बिनियोजन गरेको हो ।

जिम्मेवारी बाँडफाँड लगाएत, मञ्च ब्यवस्थापन, बजार ब्यवस्थापन लगाएत सम्पुर्ण तयारी पुरा भएको बताईएको छ् । रामलिला संचालनको लागी कलाकारहरुलाई प्रशिक्षण समेत पुरा भएको आदर्श रामलिला नाट्य श्रंखला दोधारा चाँदनीका निर्देशक शुशिल राना मगरले जानकारी दिएका छन् । बिगतका दिनहरुमा पनि लक्ष्मी माध्यमिक बिद्यालयको पांग्रणमा संचालन हुदै आएको भगवान रामको चरित्रमा आधारित आदर्श रामलिला नाट्य श्रंखला यस वर्ष पनि संचालन गर्ने तयारीमा आदर्श रामलिला समिति जुटेको हो ।

भगवान रामको चरित्रमा आधारित नाट्य श्रंखलाले सामाजिक सदभाव र भातृत्व कायम राख्नेमा बिश्वास गरिएको छ् ।

ताजा समाचार