कञ्चनपुर कांग्रेसका जिल्ला कार्य समिति सदस्य घिमिरेको निधन

दोधारा । नेपाली कांग्रेस कञ्चनपुरका जिल्ला कार्य समिति सदस्य गोपाल घिमिरेको निधन भएको छ् । केही दिन अघि मोटरसाइकल दुर्घटनमा परी घाइते भएका घिमिरेको उपचारको क्रममा निधन भएको हो । भारतीय सहर खटिमा जाने क्रममा केही दिन अघि घिमिरे भारतीय क्षेत्रमा मोटर साईकल दुर्घटनामा परेका थिए ।

दुर्घटनामा घाइते घिमिरेलाई उपचारका लागि भारतको बरेलीमा भर्ना गरिएको थियो । दोधारा चाँदनी नगरपालिका निवासी नेपाली कांग्रेस जिल्ला कार्य समिति सदस्य घिमिरेको आज दाहसंस्कार गरिने आफन्तहरुले बताएका छन् ।

ताजा समाचार