गरिबको घरमा खुशी बाट्दै युवा व्यवसायी चन्द


कञ्चनपुर : भीमदत्त नगरपालिका वडा नं. १५, गोबरैया कालिका टोलमा रहेको एक गरिब परिवारलाई युवा व्यवसायी दिपक चन्द ‘दिप’ले खाद्यान्न सहयोग गरेका छन् । चावल, नुन, दाल, तेल लगायतका सामग्री दिएका हुन् ।

गोबरैयाको कालिका टोल निवासी पार्वती सार्कीको परिवार कुनै बेला राम्रै अवस्थामा रहेपनि अहिले उनको अवस्था एकदम दयनीय छ । घरमा आमा छोरी मात्र बस्दै आएका छन् । अन्दाजी ८५ वर्षीय वृद्ध आमा र आफू बसछिन् । आमा घरमा एक्लै हुदाँ रुने कराउने गर्दछिन् जसको कारण उनी घर देखि बाहिर गएर ज्याला, मजदुरीमा काम गर्न सक्ने अवस्था छैन् । खेतीको नाममा एक कट्टा जग्गा रहेको छ जसमा एउटा सानो घर छ । अलि कति बचेको जग्गामा साग, सब्जी लगाएर दुई आमा छोरीको जीवन धान्दै आएकी छन् तर उनलाई वर्षभरि दुई छाक हात जोड्न धौ धौ पर्ने गर्छ ।

पार्वती भन्छिन् ‘दशैँको सुरुवात घटस्थापनाको दिन वहाँले गरेको सहयोगले हामीलाई वास्तवमै दशैँ आएको महसुस भएको छ । बिहान बेलुका दुई छाक हात जोड्न धौ धौ भएको बेला यसरी दशैँको मुखमा सहयोग गर्दा हामी दुई आमा छोरीलाई पनि दशैँ आए जस्तो भएको छ ।’

दशैं त दिएको सहयोगले कट्छ बाँकी दिन फेरी उस्तै हुने चिन्ता छ, उनको, आर्थिक अवस्था कमजोर र घरमा कमाउने कोही नहुदाँ यस प्रकारको सहयोगको सहयोगी हातहरुको आशामा रहेकी छन् पार्वती ।

दिपक चन्दले यस भन्दा पहिले पनि आफ्नो जन्मदिनको उपलक्ष्यमा वेदकोट स्थित वृद्धाश्रममा  रहेका ज्येष्ठ नागरिकहरूलाई खाना खुवाउनुका साथै फलफूल वितरण गरेका थिए । समाज सेवामा रमाउने चन्द व्यापार सँगै राजनीतिमा पनि सक्रिय छन् ।


Loading Viewer...

ताजा समाचार

spot_img