लाली गुरास वाल क्लव दोधारा चाँदनीले नगर स्तरिय नृत्य प्रतियोगिता संचालन गर्ने

दोधारा । लाली गुरास वाल क्लव दोधारा चाँदनीले बडुवाल टोलमा नृत्य प्रतियोगिता गर्ने भएको छ् । लाली गुरास वाल क्लव दोधारा चाँदनीको आयोजना र दोधारा चाँदनी नगरपालिका– ३ र ५ को सहयोगमा आउदो ६ गते दोधारा चाँदनी नगरपालिका– ३ बडुवाल टोलमा नगर स्तरिय नृत्य प्रतियोगिता संचालन हुने स्थानिय प्रेम खत्रीले जानकारी दिएका छन् । आउदो ६ गते बिहान ठिक ११ बजे बडुवाल टोलमा नगर स्तरिय नृत्य प्रतियोगिताको तयारी गरिएको लाली गुरास वाल क्लवका अध्यक्ष जय सुनारले जानकारी दिएका छन् ।

प्रतियोगितामा सहभागी हुन चाहाने ईच्छुक वाल क्लव तथा वालवालीकाहरुले सम्पर्क राख्न समेत आयोजक क्लवले आह्वान गरेको छ् । प्रतियोगितालाई सभ्य, भब्य बनाउन सहयोग गरिदिन समेत लाली गुरास वाल क्लवले सबैलाई अनुरोध गरेको छ् । (गुगल तस्बिर)

ताजा समाचार