कञ्चनपुर : नेकपा एकीकृत समाजवादीको जागरण अभियान कञ्चनपुरमा पुगेको छ । शनिबार समाजवादीको अभियान कञ्चनपुर पुगेकाने हो । जिल्लाको पुर्वी दक्षिणीद्वार डोकेबजारबाट जिल्ला प्रवेस गरेको समाजवादीको अभियान जिल्लाको पुनर्वास, बेलौरी, आरक्षपीडित शिबिर, बन्साह, कलुवापर, झलारी, दैजी, सुडा, लालपुर, भाँसी हुँदै महेन्द्रनगर पुगेको हो । महेन्द्रनगर पुगेको अभियानमा समाजवादीका शिर्ष नेताहरुले जनताका वास्तविक समस्या एव पार्टीलाई जनतासंग जोड्नका लागि अभियान थालिएको बताएका छन । नेकपा एकीकृत समाजवादी पाटीका अध्यक्ष एव पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले देशको अर्थतन्त्र सुधार आवश्यक रहेको औल्याएका छन ।
महेन्द्रनगरमा पार्टीले संचालन गरेको जागरण अभियानको सभालाई सम्बोधन गर्दै नेपालले अर्थतन्त्र सुधार आवश्यक रहेको औल्याएका हुन । पुर्व प्रधानमन्त्री रहेका नेपालले अर्थतन्त्र सुधार नहुँदा मुलुकमा रोजगारी नभएको र युवा जनशक्ति विदेशीनुपर्ने, त्यहाँबाट लाश मात्रै नेपाल आउन लागेको विषय कोट्याए । नेपालले मुलुकको अर्थतन्त्र सुधारका लागि सरकारले भ्रष्टाचार उन्मुलन, सुशासन सार्वजनिक सेवा प्रवाहमा दुतताका साथै कृषि क्षेत्रमा लगानी बृद्धि गर्नुपर्ने सुझाव दिएका छन । पाटी अध्यक्ष नेपालले समाजवादीले संचलन गरेको अभियान जनताका प्रत्यक्ष पिरमर्का बुझ्दै पार्टीलाई जनतासंग जोड्ने बताए । नेता नेपालले कुनैदिन नेपालले कृषि बस्तु तथा सेवा विदेशका निर्यात गरेपनि अहिले विदेशमा युवा जनशक्ति पठाउने, त्यही पनि उताबाट शव मात्रै आउने विडम्बनाको अन्त्य गर्नका लागि कृषिमा लगानी आवश्यक रहेको बताए । ‘जनताका अपेक्षा के छन, विद्यमान अवस्थामा जनता केह चाहन्छन ।
‘त्यो विषय हामीले अभियानका दौरानमा लिएका छौँ, ‘नेपालले भने, ‘अभियानले मुलुकको मुहार फेर्न भूमिका गर्छ ।’ सरकारले कृषि क्षेत्रलाई उच्च प्राथमिकताका साथ अघि बढाउँदै अर्थतन्त्र सुधार आवश्यक रहेको बताए । नेता नेपालले पछिल्ला दिनहरुमा राजनीति प्रति निरासा जागेको बताउँदै दलप्रति विश्वास दिलाउन पार्टीलाई जनतासंग जोड्नका लागि पुर्वदेखि पश्चिमसम्म जागरण अभियान थालिएको बताए । कार्यक्रममा नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले अर्थतन्त्र सुधारका लागि स्वदेशमै रोजगारी सृजना कृषि र उर्जामा लगानी विस्तार आवश्यक रहेको औल्याए । नेता भुसालले अर्थतन्त्रकै कारण मुलुक थप संकटमा पर्दै गएको र त्यसको उपज एमाले अध्यक्ष केपी शर्मा ओली भएको आरोप लगाएका छन ।
मुलुकलाई समाजवाद उन्मुख बनाउन सबै कम्युनिष्ट एकजुट भएको तर ओलीले आफ्ना लागि बाटो बिराएपछि मुलुकमा विभिन्न थरीथरीका समस्या आईलागेको बताए । जात, धर्म, क्षेत्रमा नाममा भईरहेका बेतिथि ओलीका मानसपुत्र भएको भुसालको दावि छ । शनिबार कञ्चनपुर प्रवेस गरेको समाजवादी जागरण यात्रा अन्र्तरगत जिल्लाको दक्षिणी क्षेत्र पुनर्वास प्याराताल सीमा, पुर्नबास, बेलौरी, आरक्षपीडित बस्ती ढक्का शिबिर, कलुवापुर, झलारी, दैजी हुँदै महेन्द्रनगर पुगेको थियो । अभियान अन्र्तरगत जिल्लाका सीमा समस्या, आरक्षपीडित, भूमिहिनसुकुमबासी, मुक्त कमैया, हलिया सहितका समस्या बारे उठान गरिएको छ । अनेरास्ववियूका तर्फबाट जिल्ला संयोजक प्रज्वल कुँवरले केन्दीय संयोजक आरती लामालाई मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रममा नेपाल प्रहरीका पुर्व एसएसपी घनानन्द भट्ट सहितले समाजवादी प्रवेस गरेका छन । समाजवादी कञ्चनपुरका अध्यक्ष जिवन थापाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन जिल्ला सचिव हरक सिह धामीले गरेका थिए । अभियानमा जिल्लादेखि केन्द्रीय नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । अनेरास्ववियूका तर्फबाट जिल्ला संयोजक प्रज्वल कुँवरले केन्दीय संयोजक आरती लामालाई मायाको चिनो प्रदान गरेका थिए ।