बेलडाँडीकी स्वास्थ्यकर्मी भट्ट सम्मानित


कञ्चनपुर : कञ्चनपुरको बेलडाँडी गाँउपालिका स्वास्थ्यकर्मी निलम भट्ट सम्मानित भएकी छिन । बेलडाँडी गाँउपालिका ५ झिलमिला स्वास्थ्य केन्द्रमा अनमी पदमा कार्यरत स्वास्थ्यकर्मी भट्टलाई प्रदेश सरकारले सम्मान गरेको हो । ग्रामिण भेगको स्वास्थ्य सेवामा क्षेत्रमा भूमिका निर्वाह गरेको भन्दै स्वास्थ्यकर्मी भट्टलाई सम्मान गरिएको जनाईएको छ ।
प्रदेश सरकारको समाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयले दियायल डोटीले भट्टलाई प्रमाण पत्रका साथै दोसल्ला ओढाएर सम्मान गरेको छ । धनगढीमा भएको तीनदिने स्वास्थ कार्यक्तमहरुको प्रदेश स्तरिय एकीकृत बार्षिक समिक्षा गोष्ठी कार्यक्रममा उनलाई सम्मान गरेको हो ।
झण्डै दशक बढि समयदेखि कार्यरत स्वास्थ्यकर्मी भट्टले सम्मानबाट थप सेवामा उर्जा थपिदिएको बताएकी छिन ।

Loading Viewer...

ताजा समाचार

spot_img