कञ्चनपुर : स्थापनाकाल देखि निरन्तर कपडा वितरण गर्दै आई रहेको लायन्स क्लबले कोरोनाको महामारी आए पछि कपडा वितरण कार्यक्रम रोकेको थियो । जुन आज देखि शुरु भएको छ । हुने खानेले आफ्ना राम्रा पुराना कपडा आफुलाई सानो भएको कपडा लायन्स कपडा बैंकमा जम्मा गर्न सक्ने छ । जसलाई कपडाको अभाव र जरुरत छ उसले लायन्स कपडा बैंक बाट लान सक्ने छ । हाललाई कपडा शनिबार विहान उपलब्ध गराईने छ भने कपडा जम्मा गर्न लायन्स कपडा बैंकको छेउमा भएको पसलमा जुन सुकै बेला पनि गर्न सकिन्छ ।

लायन्स क्लब महाकाली महेन्द्रनगरले सन् २०१९ मा स्थापना गरेको लायन्स कपड़ा बैंक पुनः सञ्चालनमा आएको छ। लायन्स कपडा बैंक आज शनिबारदेखी पुनः सञ्चालनमा ल्याएकोको लायन्स क्लब महाकालीका सचिव भास्कर पन्तले जानकारी दिएका छन्।

उक्त कपडा बैंक सञ्चालनमा लियो क्लब अफ़ महाकाली क्लासिक, लियो क्लब अफ़ महाकाली आदर्श, लियो क्लब अफ़ महेंद्रनगर सिटी स्माइल र लियो क्लब अफ़ लिटिल बुद्धको बिशेष सहयोग रहेको सचिव पन्तले जानकारी दिएका छन्। सचिव पन्तका अनुसार राम्रा लगाउन मिल्ने कपडा बैंकका जम्मा गनुपर्नेछ, त्यहाँबाट गरिब विपन्न समुदायले छानेर लग्न सक्ने व्यवस्था गरिएको छ ।

‘हामीले विभिन्न प्रकृतिका कपडा दिनेको विवरण राख्छौँ, ‘उनले भने, ‘ विशेष गरि विपन्न समुदायले लग्न सक्नेछन् ।’ कपडा बैंकले हप्ताको प्रत्येक शनिबार बिहान ८ बजे देखी सांझ ४ बजे सम्म निःशुल्क रुपमा कपडा वितरण गर्ने समेत उहाँले बताए। दशौँ तिहार एवम् छठको अवसर पारेर सञ्चालनमा ल्याईएको कपडा बैंकले निरन्तर रुपमा सेवा दिने छ ।






