कञ्चनपुर : बेरोजगार संग रोजगार, उत्पादन सङग बजार र आर्थिक अभाव सङ्ग सिवाइसी लघुवित्त“ भन्ने मुल नाराका साथ स्थापीत सिवाइसी नेपाल लघुवित्त वित्तिय संस्था लि.भीमदत्त शाखाले केन्द्र नम्वर ४३ का सदस्य स्व.अंगिता दर्जिको शोक सभा मृत्यु राहत तथा कर्जा मिनाहा बिवरण कार्यक्रम सञ्चालन गरेको छ । उक्त कार्यक्रममा स्व.अंगिता दर्जीको श्रीमान राम भक्त दमाई लाई रु १लाख १५ हजार रुपयाको चेक हस्तान्तरण पनि गरेको छ ।
अहिलेको विषम परिस्थितिमा लघुबित्त माथि भएको अविश्वास तथा बजारमा लघुवित्त क्षेत्रमा चलाइरहेको भ्रमित समाचार नकारात्मक कुराहरुलाई चिर्दै सिवाईसी नेपाल लघुवित्त वित्तिय संस्था लि.ले आफ्ना ग्राहकहरुको सेवामा निरन्तर लागि रहेको लघुवितका कर्मचारी केशब दत्त भट्टले बताए । उनले भने सबै लघुवित्तले गलत कार्य गरेको हुर्दैन केहीले
जानेर वा अन्जानमा गलत गरे होलान कसैले गलत ग¥यो भन्दैमा सबैलाई एउटै घानमा हाल्न नमिल्ने भट्टले बताए ।
प्रदेश प्रमुख राजु नेपाल शाखा प्रमुख गिता कुमारी चौधरी वडा सदस्य गणेश भट्ट, र सानिमा रिलायन्स लाइफ शाखा प्रमुख गणेश राज जोशी तथा हल्दुखाल आत्मनिर्भर महिला केन्द्रका सदस्यहरु तथा भिमदत्त शाखाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।