कञ्चनपुर जिल्ला तेक्वान्दो च्याम्पेनसिप २०८० प्रतियोगिता सम्पन्न


कञ्चनपुर : असोज २१ गते देखि शुरु भएको कञ्चनपुरमा जिल्ला तेक्वान्दो च्याम्पेनसिप २०८० प्रतियोगिता आज सम्पन्न भएको छ ।

तिन दिन चलेको प्रतियोगितामा ११ स्वर्ण ३ रजत र ६ कास्य पदकका साथ कञ्चनपुर तेकान्दो डोजाङ्ग प्रथम भएका छ । दोस्रो स्थान गुल्लरिया तेकान्दो डोजाङ्ग ४ स्वर्ण ५ रजत र २ कास्य पदक हात पारेको छ भने तेस्रो स्थानमा दशरथ गंगन डोजाङ्ग ३ स्वर्ण ६ रजत र ११ कास्य हात पार्न सफल भएको छ । प्रथम द्वितिय र तितियलाई क्रमश १० हजार, ७ हजार ५ सय र ५ हजार नगद सहित प्रमाण पत्रले सम्मान गरेको जिल्ला तेकान्दो संघका सचिव गोबिन्द थापाले बताए ।

हाम्रो प्रयास, आदर्श समाजका लागि आदर्श नागरिकको विकास’ भन्ने मुलनाराका साथ तिन दिन चलेको तेक्कान्दो च्याम्पेनसिप प्रतियोगिताले खेलाडी भाई बहिनीमा आत्मविश्वास बढाउनुको साथै खेल प्रति पनि लगाव बढाउने जिल्ला तेक्वान्दो संघ कञ्चनपुरका अध्यक्ष ज्ञानेन्द्र बहादुर सिहले बताए । उनले भने ‘स्वास्थ्य समाज र देशलाई विश्व सामु चिनाउन खेल महत्वपुर्ण रहेको छ । अहिले विश्व सामु तेक्कान्दो र क्रिक्रेट जस्ता खेलले विश्व सामु नेपाललाई चिनाएको छ । ’

जिल्ला तेक्वान्दो संघ कञ्चनपुरका अध्यक्ष ज्ञानेन्द्र बहादुर सिहको सभापतित्वमा प्रमुख अतिथी भीमदत्त नगरपालिका ९ का वडा अध्यक्ष गंगन सिह कार्की रहेका थिए । कार्यक्रममा मन्तव्य जिल्ला तेकान्दो संघका उपाध्यक्ष राजेन्द्र के.सी.ले गरेका थिए भने स्वागत मन्तव्य नगर उपाध्यक्ष भवानी दत्त जोशीले गरेका थिए । उक्त तिन दिन भएको खेलमा १८ डोजाङ्गका ३७० जना खेलाडीको सहभागिता रहेका थियो।


Loading Viewer...

ताजा समाचार

spot_img