कञ्चनपुर: ईजराइलमा प्यालेस्टाईन हमास समुहको हमलामा परेर ज्यान गुमाएका सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीको स्मृतिमा अखिल क्रान्तिकारीले दिप प्रज्वलन गरेको छ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी कञ्चनपुरले हमास समुहको हमलामा परेर ज्यान गुमाएका सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीको स्मृतिमा अखिल क्रान्तिकारीले दिप प्रज्वलन गरेको हो ।

अखिल क्रान्तिकारी कञ्चनपुरका संयोजक भुवन विष्टले विद्यार्थीको स्मृतिमा दिप प्रज्वलन एव शोकसभा गरिएको बताए । क्रान्तिकारी संयोजक विष्टका अनुसारले सरकारले समेत मंगलबार राष्ट्रिय शोक सभा आब्हान गरेकै दिन कञ्चनपुरमा समेत क्रान्तिकारीले दिप प्रज्वलन गरिएको बताए । क्रान्तिकारी जिल्ला संयोजक विष्टले ईजरायलमा भएको दुखत घटनामा ज्यान गुमाएका, वेपत्ता पारिएका विद्यार्थीको खोजबिन, उद्दार एव मृतक परिवारलाई राहतका कार्यक्रम ल्याउनुपर्नेमा जोडदिएका छन ।

गत २७ भदौँमा सुप विश्वविद्यालय कृषिविज्ञान संकाय बिएस्सी एग्रिकल्चरमा अध्ययनरत विद्यार्थी ईजरायल सरकारको ‘लर्न एण्ड अर्न’ कार्यक्तम अन्र्तरगत अध्ययनका लागि ४९ जना विद्यार्थी गएका थिए । २० असोजमा हमाल समुहको हमलामा परेर सुप विश्वविद्यालयकै १० विद्यार्थीको निधन भएको थियो ।







