बझाङमा एक किशोरी रुखमा झुन्डिएको अवस्थामा मृत फेला

बिरेन्द्र बाग /बझाङ 

बझाङ्गको बुङ्गल नगरपालिकामा एक बालिका मृत फेला परेकी छिन । मृत फेला पर्नेमा जिल्लाको बुङ्गल नगरपालिका वडा नम्बर ५ घर भएका भिम बहादुर ओखेडाकी अन्दाजी ११ वर्षिय छोरी पबित्रा ओखेडा रहेको प्रहरिले जनाएको छ । बालिका सोमबार साझ करिब साढे ७ बजेको समयमा आफ्नै घर नजिकको रुखमा डोरिमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। मृतकलाइ घर नजिकैको रुखमा झुन्डिएको अवस्थामा देखेपछी मृतकका परिवारले प्रहरीलाई खबर गरेको थियो ।

बालिका झुन्डिएको खबर पाउना साथ ईलाका प्रहरी कार्यालय बुङ्गल झापाको टोलि घटनास्थल पुगेको थियो तर प्रहरी पुग्न सम्म बालिका ओखेडाको मृत्यु भइ सकेको इलाका प्रहरी कार्यालय बुङ्गल झापाका प्रहरी सहायक निरीक्षक भुवन सिंह बोहराले जानकारी दिनु भएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार मृतक बालिकाका आमाबुबा खेतीपातीको काम गर्न ( धान चुट्न) गएको र घरमा कोहि नभएको बेला फाँसी लगाएको भन्ने बुझिएको पनि सहायक निरीक्षक बोहराले बताए ।

पारिवारिक श्रोतका अनुसार बालिकाको मानसिक सन्तुलन खासै ठिक नभएको र गत बर्ष पनि एक पटक बालिकाले आत्महत्याको प्रयास गरेको तर नजिकै रहेका गाउले हरुले थाहा पाएर बचाएको पनि खुल्न आएको छ । अहिले मृत बालिकाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल चैनपुर लगिएको र घटना सम्बन्धी थप अनुसन्धान पनि भै रहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार