कञ्चनपुर : ईजराइलमा आतङककारी हमास समुहको हमलामा परेर मृत्युबरण गरेका सुदूरपश्चिम विश्वविद्यालय बिएस्सी एज्रिकल्चर अध्ययन गरेर ‘लन एण्ड अर्न’ कार्यक्रम अन्र्तरगत ईन्टन गर्न गएका सुदूरपश्चिमका सात विद्यार्थीले ज्यान गुमाएका छन । भने एक जना अझै वेपत्ता भएका छन । २७ भदौँमा ‘लन एण्ड अर्न’ कार्यक्रम अन्र्तरगत सुदूरपश्चिम विश्वविद्यालय टीकापुर क्याम्पसका ४९ जना विद्यार्थी त्यहाँ गएका थिए । मातृभूमि छाडेको महिना दिन नपुग्दै विद्यार्थीका लागि अकल्पनिय घटना भएको छ । ११ महिनाका लागि इन्टर्न गर्न गएका कञ्चनपुरको भीमदत्त नगरपालिका ३ भाँसीका विपिन जोशी अझै वेपत्ता भएका हुन । शनिबार दिउँसो घर परिवारको सम्पर्कमा आएका विपिन त्यस यता सम्पर्कमा आएका छैनन । विपिनको घर परिवार अहिलेपनि अन्यौलमै छन । समाजिक सञ्जाल, फेसबुकमा आउने थरीथरीका खबरले जोशी परिवार अन्यौलमै रहेका छन ।

शनिबार दिउँसो १२ बजेतिर सम्पर्कमा आएका विपिनले दाजु किशोरसंग खाना खाईरहेको जानकारी गराएका थिए । ‘भाईले मलाई फोन गरेर खाना खाँर्दैछु दाई भन्यो, ‘त्यसपछि घटना बारे विपिनले अर्कोभाईलाई जानकारी गराएका थिए, त्यसयता सम्पर्कमा आएका छैनन ।’ भाँसी स्थित विपिनको घरमा आफन्त, घर परिवार भाव व्र्लिही भएका छन । विपिनका बाबु बझाङ्ग बुङगलको महेन्द्र माविका शिक्षक र आमा पदमा जोशी कञ्चनपुर बेदकोट ९ सुन्दरपुर स्थित उदय माविका शिक्षिका हुन । जोशी दाम्पतीका एक छोरा एक छोरी छन । एक मात्रै छोरा विपिन सम्पर्कमा नआएपछि घर परिवार चिन्तित भएका छन । विपिनल् स्थानीय शान्ति निकेतन विद्यालयबाट कक्षा १० उर्तिण गरेर एलबिएबाट आईएस्सी गरेका विमल उच्च शिक्षाका लागि टीकापुर कृषि क्याम्पसमा भर्ना भएका थिए । जोशी घर परिवारले विपिनको अवस्था बारे एकिन जानकारी दिनुपर्ने, सुरक्षा र उद्दारको माग अघि सारेका छन । पढाईका अतिरिक्त खेलकुदमा समेत रुची राख्दै आएका विपिनले थुप्रै विद्यामा पुरस्कार पाएका छन । भीमदत्त नगरपालिका ३की वडा सदस्य मिना कुँवर(ठकुन्ना)ले विपिनले बङकरमा बसेका अन्य ७/८कहाँ आएका बम समानेर फालेपछि अरुको पनि ज्यान गुमाएको बतार्ईन ।

वडा सदस्य मिनाले विपिनका साथीहरुसंग कुराकानी गर्दा विपिनले समेत अन्य मानिसको ज्यान बचाईदिएको बताईन ।
ईजराइलमा ज्यान गुमाएका लेकम गाँउपालिका ५ दार्चुला २४ बर्षिया दिपेशराज विष्ट बाल्यकालदेखि नै कञ्चनपुर महेन्द्रनगर बस्दै आएका छन । बाल्यकालमै बाबु गुमाएका दिपेशराज बाल्यकालदेखि नै महेन्द्रनगर बस्दै आएका थिए । आमा पार्वती विष्ट पहाडकै घरमा बस्दै आएकी छिन । आमा लटिनाथ मावि रिठाचौपाताकी शिक्षिका हुन । दिपेशराजका बाबुपनि मालिकार्जुन मावि धाप दार्चुलामा पुर्व शिक्षक हुन । दिपेशराज झण्डै १८ बर्ष अघि नै बाबु गुमाएका थिए । उनी नर्सरी देखि १० सम्म ग्लोबल एकेडेमीमा अध्ययन गरेर रेडियन्ट माविबाट आईएस्सी अध्ययन गरेर बिएस्सी एजि विषय अध्ययनका लागि टीकापुर गएका थिए । भीमदत्त नगरपालिका १५ निम्बुखेडा स्थित कान्छाबाबु पुष्पराज विष्टको घरमा बस्दै आएका थिए । सानैका बाबु गुमाएका दिपेशराज समझदार विद्यार्थी थिए ।

ईजराइल पुगेपछि कान्छी आमा जयन्तीसंग टेलिफोन गरेर आफ्नो काम राम्रो भएको बारे जानकारी गराएका थिए । स्व. दिपेशका आफन्त ठुलबाबु हरिराज विष्टले दिपेशराज सानैदेखि मेहनती र नेपाल(स्वदेश)मै केही गर्न खोजेको बताए । ‘पढ्नेक्रममै उनले स्वदेशमै लोकसेवा लड्ने सोच थियो, ‘उनले भने, ‘दिपेशराजलाई विदेश भन्दा पनि स्वदेशमै केही गरु भन्ने सोच थियो, विदेश भूमिमा गएर आफै विलायो, हाम्रो परिवारमा यतिबेला बज्रपात मच्चिएको छ ।’ घरपरिवारले समयमै शव ल्याईदिन आग्रह गरेको छ । यस्तै मालिकार्जुन गाँउपालिका ४अबतालेकका लोकेन्द्र सिह धामीले समेत ज्यान गुमाएका छन । गाँउकै विद्यालयमा १० उर्तिण गरेर लटिनाथ माविबाट आईएस्सी गरेका धामी उच्च शिक्षाका लागि टीकापुर कृषि क्याम्पस गएका थिए । मालिकार्जुन गाँउपालिका ४का वडाध्यक्ष धनसिह धामीले समान्य घरपरिवारका लोकेन्द्रले ज्यान गुमाएपछि उनको घर परिवारमा ठुलो बज्रपात उत्पन्न भएको बताए । ‘लोकेन्द्र अध्ययनमा पनि राम्रा थिए, यहाँ गाँउबाट अध्ययन सकेर टीकापुर गएका थिए, ‘त्यहाँ गएर थप उच्च शिक्षा अध्ययन गर्ने सपना बोकेका लोकेन्द विचमै अस्ताए । ‘लोकेन्द्रका ३ बर्षिया छोरा श्रीमती छन, ‘वडाध्यक्ष धामीले भने, ‘अब त्यो कोपिलाको भविष्य बारे राज्यले हेर्नुपर्छ ।’ इजरायलमा मारिएका नेपाल विद्यार्थीलाई सुप प्रदेश सरकारले २लाख र संघीय सरकारले १०लाख रुपैया दिने निर्णय गरेको छ ।






