ऐरीमा अन्तर वडा स्तरिय क्रिकेट प्रतियोगिता हुने


कञ्चनपुर: कञ्चनपुरको ऐरी गाँउमा अन्तर वडा स्तरिय क्रिकेट प्रतियोगिता हुने भएको छ । असोज अन्तिम सातादेखि भीमदत्त नगरपालिका १२ऐरी स्थित पुर्णा उच्च माविको प्राङगणमा टि–२०क्रिकेट प्रतियोगिता हुने भएको हो । भीमदत्त नगरपालिका १२ वडाको आयोजना एव बैजनाथ युवा जनसेवा समितिको प्राविधिक सहयोगमा अन्तर वडा स्तरिय क्रिकेट प्रतियोगिता हुने भएको छ । भीमदत्त नगरपालिका १२का वडा सदस्य नर बहादुर साउदले विगतका बर्षहरु झै यस बर्षपनि क्रिकेट प्रतियोगिता आयोजना गरिएको बताए । वडा सदस्य साउदका अनुसार यस पटक पाचौँ वडा स्तरिय क्रिकेट प्रतियोगिता हुन लागेको छ ।

‘हामीले मुख्य गरेर स्थानीय स्तरमा प्रतियोगिता राखेर क्रिकेटका खेलाडी उत्पादन गर्ने लक्ष्य अघि सारेका छौँ, ‘उनले भने, ‘यस पटक भीमदत्त नगरकै प्रमुख मार्फत आग्रह गरेर क्रिकेट मैदान स्तरोन्नती गर्न खोजेका छौँ ।’ बैजनाथ युवा जनसेवा समितिका अध्यक्ष अशोक बुढापालले प्रतियोगिता थप स्तरिय बनाईने बताए । उनका अनुसार सहभागिताका लागि पालिकाका १९वटै वडाहरुमा पत्राचार गरिएको छ । ‘हामीले टिम सहभागिताका लागि भीमदत्त नगरका सबै वडाहरुमा यस अघि नै पत्राचार गरिसकेका छौँ, ‘उनले भने, ‘टिम आउनेक्रम जारी छ ।’ यस पटक प्रतियोगिता बिजेता टिमलाई १लाख, ५१ हजार १सय ११रुपैया, उपविजेता टिमलाई ७७ हजार, ७सय ७७रुपैया सहित ट्रफिमेडल,प्रमाण दिईनेछ । उत्कृष्ठ खेलाडीलाई विभिन्न विद्यामा समेत पुरस्कार दिईनेछ ।

भीमदत्त नगरपालिका १२का वडाध्यक्ष भुपेन्द्र रावलले अन्तरवडा स्तरिय क्रिकेट प्रतियोगिताका माध्यामबाट राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उदेश्यले प्रतियोगिता आयोजना गरिएको बताए । अध्यक्ष रावलका अनुसार खेलाडी उत्पादन गर्दै क्रिकेटको बृद्धि विकास गरिनेछ । पूर्णा उच्च माध्यामिक विद्यालयका प्रद्यानाध्यापक धनीदत्त पन्तले क्रिकेट प्रतियोगिताले खेल क्षेत्र अवसर र आयाम थपिदिएको बताए । प्रतियोगिता भीमदत्त नगरपालिका मेयर पदम बोगटीले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img