कञ्चनपुर : भीमदत्तनगरपालिका वडा नं. ५, ६ र १० मा योग शिविर सञ्चालन भएको छ । योग शिविर असोज १६ गते बाट भीनपा ५ को सत्यावादी मा.वि. विहान ५ बजे देखि ६ बजे सम्म, भीनपा–६को शान्ति निकेतन मा.वि. विहान ९ बजे देखि १० बजे सम्म र भीनपा १०को महेश्वरी मा.वि.मा. विहान ७ः३० देखि ८ः३० सम्म दैनिक १ घण्टा सञ्चालन भैरहेको आयुर्वेद जडीबुटि अनुसन्धानकर्मी राजु सिह खड्काले बताए । ‘यो एक हप्ते शिविर हो । यसमा बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै योगका साथै जडिबुटि परिचय सञ्चालनमा ल्याएको खड्काले बताए ।’

लामो समय देखि बालबालिकाको स्वास्थ्यको लागि विभिन्न क्षेत्रमा लड्दै आएका खड्का जडिबुटि तथा आयुर्वेदको अनुसन्धान कर्ता पनि हुन् उनले विभिन्न रोगको दवाई पत्ता लगाएको दावी पनि गर्दे आईरहेका छन् । उनको अनुसन्धानलाई राष्ट्रले परिक्षण गरी वास्तविक कुरा पत्ता लगाउन सके देशले आयुर्वेद क्षेत्रमा निकै ठुलो फ्डको मार्न सक्छ । देशको जिम्मेवार निकायले उनको कुरामा ध्यान नदिदाँ जडिबुटि, आयुर्वेदका साथै बालबालिकाको स्वास्थ्य पनि गुम्दै गएको जानकारहरु बताउछन् । एक पटक राजु खड्काको वास्तविक उनले जडिबुटि पत्ता लगाएकै हुन त ! त्यसको छिनोफानो गर्न राष्ट्रको जिम्मेवार निकायले उनलाई एउटा मौका दिनुको साथै उनको परीक्षण गरी वास्तविक कुरालाई बाहिर ल्याई उनले भने जस्तै वास्तवमै बालिबालिकाको स्वास्थ्य दिन प्रतिदिन खस्कदैं गईरहेको भए बेलैमा सचेत भई उनलाई सहयोग गर्नु पर्ने लोकतान्त्रिक पार्टीका केन्द्रय सदस्य अम्बा तिवारी बताउछन् ।

राजु खड्काले लामो समय देखि जडिबुटि र आयुर्वेदको क्षेत्रमा काम गर्दै आएका छन् । उनले यस कार्यको लागि आफु सँग भएको सबैं धन सम्पतीको लगानी गरेका छन् । उनले बालबालिकाको भविष्य प्रति भविष्यवाणी पनि गरेका छन् । एक पटक उनको अनुसन्धान र उनले भनेको कुरालाई जिम्मेवार निकाय अथवा सरकारले मनन् गरेमा भविष्यमा बालिबालिकाको अकाल मृत्यु र विभिन्न किसिमका रोगबाट बचाउन सकिन्थ्यो कि ?







