भीमदत्त नगरपालिका वडा नम्बर १३ मा वडा स्तरीय खेलकुद समिति गठन


कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १३ मा वडा स्तरीय खेलकुद समिति गठन गरिएको छ। बुधबार वडा अध्यक्ष रामचन्द्र बोहरा तथा वडा सदस्य दीपक बुढा र हरीश साउदको उपस्थितिमा बुधबार उक्त समिति गठन गरिएको हो। समितिको अध्यक्षमा दया कृष्ण भट्ट, उपाध्यक्षमा खडक बहादुर बोहरा, सचिवमा अमर बहादुर विष्ट, सह-सचिवमा, राकेश ठगुन्ना र कोषाध्यक्षमा प्रकाश भट्ट रहेका छन् ।

भने सदस्यमा ईश्वर बहादुर सिंह, वीरेन्द्र ओड, दीपक लुहार, हरीश पन्त, कोष राज भट्ट, विष्णु खत्री तथा संरक्षकमा वडा अध्यक्ष रामचन्द्र बोहरा (झक्कास) रहेका छन्। खेलकुदमा विकास गर्ने तथा नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले उक्त समिति गठन गरिएको अध्यक्ष बोहराले जानकरी दिएका छन्। वडा सचिव हर्क सिंह धामीको समेत उपस्थिति रहेको उक्त कार्यक्रममा विभिन्न दलका जनप्रतिनिधि तथा खेलाडीहरूको उपस्थिति रहेको थियो।


Loading Viewer...

ताजा समाचार

spot_img