कञ्चनपुर: कञ्चनपुरमा माछा पालन गर्दे आई रहेका कृषक बजार भाउ नपाउदाँ र भारतीय बजारबाट चोरी तस्करी गर्दै भारतीय माछा व्यापारीले कञ्चनपुरका बजार लगायत विभिन्न स्थानमा बिक्री गर्दा यहाँका कृषानले माछा पालन छोडनु पर्ने अवस्था आई रहेको बेला कञ्चनपुरको सीमावर्ती गड्डाचौकी क्षेत्रमा सशस्त्र प्रहरीले अवैध माछा बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म गड्डाचौकीको टोलीले बुधबार बिहान अवैध माछा बरामद गरेको हो ।
प्रस्तावित सीमा सुरक्षा गुल्म गड्डाचौकी अनुसार भारतबाट गैर कानुनी रुपमा ल्याईरहेको अढाईसय किलो माछा बरामद गरिएको छ । भारतीय नम्बर प्लेटको सवारी साधनमा नेपालतर्फ ल्याईरहेको माछा बरामद गरेर नष्ट गरिएको छ ।

सशस्त्र प्रहरीले पशु क्वारेन्टाईन सहितका सरोकारवालाको रहोबरमा माछा नष्ट गरिएको छ । भने बरामद गरिएको भारतीय नम्बरको सवारी साधन भन्सार चलान गरिएको छ । सशस्त्र प्रहरीले भारतीय प्रतिबन्धित माछा बरामद गरेपछी नेपाल माछा उत्पादक किसान हर्षित भएका छन ।











