कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरका वडाहरुमा उत्थानशिल युवा सञ्जाल गठन गरिन लागिएको छ । भीमदत्त नगरपालिका १२, १३ र १४मा उत्थानशिल युवा सञ्जाल गठन गरिएको हो । १२को संयोजकमा राजेश सिह ठाकुर, १३ को संयोजकमा महेश विष्ट र १४का सयोजकमा विकास विक चयन भएका छन ।

उत्थानशिल युवा सञ्जाल भीमदत्त नगरपालिका अध्यक्ष उर्मिला धामीले भीनपा १२, १३ रर १४ क्षेत्र विपद्को उच्च जोखिममा रहेकाले शुरुमै महाकाली तटिय क्षेत्रमा रहेका वडाहरुमा उत्थानशिल युवा सञ्जाल गठन गरिएको बताईन । अध्यक्ष धामीलेृ १९वटै वडाहरुमा गठन गरिने बताईन ।

एनएनएसडब्लूएकी समाजिक परिचालक अनिता लाबडले विपद् सहित अन्य संकटका बेला युवा जनशक्तिलाई समाजिक कार्यमा खटिन उत्प्रेरणा दिने उदेश्यले उत्थानशिल युवा सञ्जाल विस्तार गरिन लागेको बताईन । भीमदत्त नगरपालिका १२, १३ र १४ का वडाध्यक्षहरु दिपेन्द्र रावल, राम बहादुर बोहरा(झक्कास) र लोकराज जोशीले समाज सुधारका साथै समाज संकटका बेला युवा अग्रसर हुन आब्हान गरेका छन ।







