कञ्चनपुर : भीमदत्तनगरपालिका वडा नम्बर ७ हल्दुखाल घर भइहाल अष्टेलियामा रहेकायुवा लक्ष्मण भट्ट मल्टीपल माइलोमानामक रक्त क्यान्सरबाट ग्रसित भएका छन । युवा उमर मै दीर्घ खालको रोगले च्यापेका कारण अहिले गाँउनै शोकग्रस्त जस्तै बनेको छ । करीब ४ वर्ष अगाडी श्रीमती यशोदा पन्त संगै अष्टेलिया गएका लक्ष्मणको एक सन्तान समेत रहेकाछन । अध्ययन एवं पारिवारिक जिम्मेवारी वहनलाई केन्द्रमा राखी अष्टेलिया पुगेका लक्ष्मणलाई केही समय अगाडी यो रोग लागेको पत्ता लागेको हो ।
विगतमा महेन्द्रनगरमा मोबाइल पसल सञ्चालन समेत गरेका लक्ष्मण युवामुखी कार्यक्रमहरुमा तल्लिन हुनुका साथै दाइना दमाहाको वाद्य वादनमा समेत विशेष रुची राख्ने गर्दछन । चिकित्सकका अनुसार स्टीम सेल टरान्पलान्टमा समेत गरी ५० देखी ७० अमेरिकन डलर उनको उपचारमा खर्च लाग्ने अनुमान गरिएको छ । हाल अष्टेलियामा क्युन्सलेण्डको एन.आर.एन.ए.ले गो फन्डमी मार्फत सहयोग उन्को उपचारका लागि सहयोग संकलन गरी रहेको छ ।
त्यसै गरी विश्वका अरु देशमा पनि उनको उपचारकालागि सहयोग संकलन भइरहेको छ । सबै महानुभावहरुलाई आफ्नो क्षमता अनुसारको सक्दो सहयोगका लागि हार्दिक अपिल समेत गरिएको छ । हाम्रो सानो सहयोगले कसैको जीवन बाँच्न सक्छ भने मानवताको त्यो भन्दा ठुलो कुनै अर्को परिभाषा हुन सक्दैन । उपचारमा सहयोग गर्नका लागि निम्न प्रक्रिया रहेको छ ।
नेपाल बाट सहयोग का लागी
Account name: Yashoda Pant
Account number: 0650061164000012
Bank: Machhapuchre Bank
Branch: kanchanpur
भारत बाट सहयोग का लागि 9731529960 (phonepay / googlepay )