यि हुन भीमदत्त नगरबाट छनौट भएका एमाले प्रदेश सम्मेलन प्रतिनिधी

कञ्चनपुर : नेकपा एमाले भीमदत्त नगर कमिटिले सुदूरपश्चिम प्रदेश सम्मेलन प्रतिनिधी छनौट गरेको छ । एमाले भीमदत्त नगरका युवा नेता महेश भट्टले सर्वसम्मत आधारमा प्रतिनिधी छनौट गरिएको बताए । यही २१ र २२ गते धनगढीमा हुन लागेको नेकपा एमाले सुदूरपश्चिम प्रदेश सम्मेलनका लागि प्रदेश सम्मेलन प्रतिनिधी छनौट कार्यक्तम अन्र्तरगत कञ्चनपुरको भीमदत्तपालिकामा सर्वसम्मत प्रतिनिधी छनौट भएको छ ।

एमाले सुप प्रदेश सम्मेलनका लागि सोमबार प्रदेशभरीका ८८पालिकामा प्रदेश सम्मेलन प्रतिनिधी छनौट कार्य तालिका अनुरुप भीमदत्त नगरपालिकामा सर्वसम्मत छनौट भएको हो । खुलाबाट बिष्णु कंडेल, प्रमानन्द जोशी, हिरा चन्द महेश पन्त महिला तर्फ कमला भट्ट, लक्ष्मी बिक, नन्दा धामी र युवा तर्फ प्रशान्त भट्ट छनौट भएका छन ।

ताजा समाचार