भीमदत्तनगर : भीमदत्त नगर पालिका वडा न ६ को सहयोगमा लागु औषध विरुद्ध जनचेता अभिबृद्धी कार्यक्रम सम्पन्न भएको छ । भीमदत्त नगर पालिका वडा न ६ को सहयोगमा नमुना समाज नेपालले उत्त कार्यक्रम सञ्चालन गरेको थियो । सस्थाले भीमदत्त नगर पालिका भर लागु औषध विरुद्ध जनचेता अभिबृद्धी कार्यक्रम सञ्चालन गर्ने जानकारी सस्थाका अध्यक्ष हरिना भट्टले जानकारी गराउनु भयो । भीमदत्त नगर पालिका वडा नं।६ का अध्यक्ष महेन्द्र खडका प्रमुख अथिति रहनु भएको थियो । कार्यक्रमके अध्यक्षता हरिना भट्टले गर्नु भएको थियो । स्थानीय विध्यालयमा सञ्चालन भएको उक्त कार्यक्रममा दुइ विधालयका ६८ जना विधार्थीको सहभागीता रहेको थियो ।

कार्यक्रममा अधिवक्ता रेवती जोशी मुख्य सहजकर्ता रहनु भएको थियो । कार्यक्रममा लागु औषधका सम्बन्धमा नेपालमा हाल विधमान लागु औषध नियन्त्रण ऐन २०३३का कानुनी प्रावधानहरु । ऐनद्वारा नियन्त्रण गर्न खोजिएका कृयाकलापहरु लागु औषधको खेती उत्पादन खरिदविक्री सञ्चय ओसार पसार सम्बन्धी सचेतना । लागु औषधले कसरी मानव जिवनलाइ क्षति पुगाउछ भन्ने विषयमा जानकारी आदन प्रदान गर्नुका साथै लागु औषधका सम्बन्धमा नेपालमा हाल विधमान लागु औषध नियन्त्रण ऐन २०३३ को दफा ४ले गाजाको खेती उत्पादन तैयारी खरिद विक्री वितरण निकासी पैठारी ओसार पसार सञ्चय सेवन । अफिम वा कोका को खेती उत्पादन पात वा अन्य लागु औषध उत्पादन । लागु औषधको निर्माण तथा तयारी । लागु औषधको बिक्री वितरण गर्न । लागु औषध निकासी वा पैठारी गर्न । लागु औषध खरिद गर्न सञ्चय राख्ने ओसारपसार गर्न । गाजा बाहेक औषध सेवन गर्न । निषेध गरीएको बारे जानकारी गराएको थियो । त्यसै गरी ऐनद्वारा ऐनको दफा ५ले स्वीकृत चिकित्सकको सिफारिसमा कुनै ब्यक्तीले अनुमतीपत्र प्राप्त पसलबाट सिफारिस बमोजिमको मात्रामा लागु औषध खरिद गरी सेवन गर्न । तोकीएको बर्गका ब्यक्तीले तोकिएको मात्रामा लागु औषध सेवन गर्न । निषेध गरीएको जानकारी गराएको थियो ।

लागु औषधले कसरी मानव जिवनलाइ क्षति पुगाउछ भन्ने विषयमा जानकारी आदन प्रदान । कानुनमा भएका विशेष ब्यवस्थाहरु अन्तर्गत ऐनको दफा ७ वारेन्ट जारी गर्ने अधिकार ऐनले कसुर मानेको काम गरेका ब्यक्तीलाइ गिरफ्तारी र खानतलासीको निमित्व औषध नियन्त्रण अधिकारीले वारेण्ट जारी गर्न सक्ने । ऐनको दफा ८ विना वारेण्ट प्रवेश खानतलासी कब्जा र गिरफ्तार गर्ने अधिकार कुनै घर जग्गा सवारी वा स्थानमा अपराध भइरहेकोमा अपराधी भागी जाने देखेमा औषध नियन्त्रण अधिकारी वा कम्तीमा असइ दर्जाको प्रहरी कर्मचारीले सो कुराको पर्चा खडा गरी त्यस्तो घर जग्गा वा सवारीमा प्रवेश गर्नु बाधा भएमा ढोका फोरी वा बाधा हटाइ विशेष कारवाही गर्न सक्ने । प्रमाणको लागि कागज बस्तु कब्जा लिने । शंका लागेको ब्यक्तीलाइ रोक्न खानतलासी लिन र निजलाइ गिरफ्तार समेत गर्ने । कानुनी ब्यवस्थाको बारेमा जानकारी गराएको थियो ।

दण्ड सजाय सम्बन्धी ब्यवस्थाहरुमा ऐनको दफा १४ दण्ड सजाय सम्बन्धी ब्यवस्था गाजा सेवन गर्नेलाइ एक महिनासम्म कैद वा दुइ हजारसम्म जरिवाना । पच्चीस वटा वोटसम्म गाजाको खेती गर्नेलाइ तीन महिनासम्म कैद वा तीन हजारसम्म जरिवाना । पच्चीस वटा वोट भन्दा बढी गाजाको खेती गर्नेलाइ तीन बर्षसम्म कैद वा पाच हजार देखी पच्चीस हजारसम्म जरिवाना । गाजा उत्पादन तयार खरिद विक्री वितरण निकासी पैठारी ओसारपसार तथा सञ्चय गर्नेलाइ पचास ग्रामसम्म भए तीन महिनासम्म कैद वा तीस हजारसम्म जरिवाना । पचास ग्राम देखी ५०० ग्रामसम्म भए एक महिना देखि १ बर्षसम्म कैद । एक हजार देखी ५ हजारसम्म जरिवाना ।५०० ग्राम देखि २ केजीसम्म भए छ महिना देखि दुइ बर्षसम्म कैद । २ हजार देखि१० हजारसम्म जरिवाना । २केजी देखि १० केजीसम्म १ बर्ष देखि ३ बर्षसम्म कैद २देखी १० हजार जरिवाना ।१० केजी माथीको परिणाम भएमा २देखी१० बर्ष कैद १५ हजार देखि १लाख जरिवाना । अफिम कोका वा सोबाट बनेका लागु औषधको सेवन गर्नेलाइ एक बर्षसम्म कैद वा दश हजार रुपैयासम्म जरिवाना । अफिम वा कोकाको खेती गर्नेलाइ पच्चीस बोटसम्म भए ३ बर्षसम्म कैद र ५देखि २५ हजारसम्म जरिवाना । पच्चीस बोटमाथी जतिसुकै भए १० बर्षसम्म कैद र २५हजार देखि २ लाखसम्म जरिवाना । अफिम कोका वा सोबाट बनेको लागु औषधको सेवन र खेती बाहेकको काम गर्नेलाइ पच्चीस ग्रामसम्मको कारोवार गर्नेलाइ ५ देखि १० बर्ष कैद ५देखि २५ हजारसम्म जरिवाना ।२५देखि१०० ग्रामसम्मको कारोवार गर्नेलाइ १०देखि १५ बर्षसम्म कैद र ७५हजार देखि २ लाखसम्म जरिवाना । १००ग्राम माथीको कारोवार गर्नेलाइ १५ बर्ष देखि जन्म कैद । ५देखि २५ लाख जरिवाना । आफ्नो घर जग्गा वा सवारीमा निषेध गरीएको काम गर्न अनुमती दिनेलाइ सजाय छ महिना देखी ५ बर्षसम्म कैद र १० हजारसम्म जरिवाना हुनेछ । अनुमती दिएका घर जग्गा वा साधन जफत हुने । एक पटक सफाइ पाएका ब्यक्तीले पुन अपराध गरेमा प्रत्येक पटकको हकमा थप ५ बर्ष कैद र १ लाख जरिवाना हुने । मतियारलाइ आधा सजाय हुने । लागु औषधको सट्टामा भुक्याइ अन्य पदार्थ को कारोवार गरे आधा सजाय हुने । लागु औषधको कारोवारमा प्रयोग हुने रेल र हवाइ जहाज बाहेक जफत हुने । निषेधीत कार्यबाट कमाएको सम्पत्ती जफत हुने । कानुनी ब्यवस्थाको बारेमा जानकारी गराएको थियो ।
कार्यक्रममा नमुना समाज नेपालका तर्फबाट सहजकर्ता भागरथी चन्द र लक्ष्मी भट्टले सहजीकण गर्नु भएको थियो । कार्यक्रम अन्य वडामा समेत सञ्चालन गरिने छ ।






