कञ्चनपुर–कञ्चनपुरको महेन्द्रनगरमा लियो क्लब अफ महाकाली क्लासिक र लियो क्लब अफ महाकाली आदर्शको सहयोगमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ। उक्त रक्तदान कार्यक्रममा ७ जना व्यक्तिले रक्तदान गरेका छन्।
लायन्स क्लब अफ महाकाली महेन्द्रनगरका अध्यक्ष सीमा जोशीले क्लबले रक्तदान लगायतका अन्य सामाजिक कार्यहरु गर्दै आइरेहेको वताउनु भयो। उनका अनुसार देशभरमा रगत अभाव भइरहेको बेला आज क्लबले रक्तदान कार्यक्रम आयोजना गरिएको बताइन्।
यस्तै क्लबका सचिव भास्कर पन्तले रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान गुमाउन नपरोस् भनेर रक्तदान कार्यक्रम सञ्चालन गरेको बताए।






