नेपाल बैंक लिमिटेड र भागरथी विद्यालयबिच सेवाग्राही कर्जा सम्झौता

कञ्चनपुर: नेपाल बैंक लिमिटेड र कञ्चनपुरको एक सामुदायिक विद्यालयविच कर्जा सम्झौता भएको छ । नेपाल बैंक लिमिटेड महेन्द्रनगर शाखा र भीमदत्त नगरपालिका १२ ओदाली स्थित भागरथी आधारभूत बिद्यालय,विच सेवा ग्राही कर्जा सम्झौता भएको हो । नेपाल बैंक लिमिटेड महेन्द्रनगर शाखा प्रमुख महेशराज जोशीले र्बैक र विद्यालयविच बुधबार कर्जा सम्झौता भएको बताए ।

प्रबन्धक जोशीका अनुसार सम्झौता पश्चात यस बिद्यालयमा कार्यरत स्थायी सिक्षक कर्मचारीहरूले बिना धितोको छिटो छरितो कर्जा पाउनुका साथै बिभिन्न डिजिटल बैंकिङ प्रोडक्टमा निशुल्क सेवा पाउने छन । भागरथी आधारभूत विद्यालयका प्रद्यानाध्यापक कमल सिह देउपाले उक्त सम्झौता गर्न पाउदा अहिले सम्मकै ठुलो खुसि पाएको बताउदै बैंक लिमिटेडलाई विशेष धन्यवाद दिएका छन ।

पछिल्लो समयमा कञ्चनपुर महेन्द्रनगरमा आम ग्राहकहरूलाई उत्कृष्ठ बैंकिङ सेवा प्रवाह गर्दै आएको नेपाल बैंक लिमिटेड ग्राहकहरूको पहिलो रोजाई बन्दै आएको छ । ग्राहकहरूले छिटो छरितो बैंकिङ सेवा पाएपछि यस क्षेत्रका प्रतिष्ठित ब्यवसायिहरू समेत नेपाल बैंक लिमिटेड यस क्षेत्रका जनताको लागि असल साथी बन्दै गएको बताउने गरेका छन।

ताजा समाचार