उपमेयर जोशीको पहलमा नागरिक आरोग्य केन्द्र दोधारा चाँदनीलाई उपकरण तथा औषधी हस्तान्तरण

दोधारा । नागरिक आरोग्य केन्द्र दोधारा चाँदनीलाई आर्युवेदिक उपकरण तथा औषधी हस्तान्तरण गरिएको छ् । दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीको पहलमा शुदुरपश्चिम प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयबाट प्राप्त रु. २ लाख २२ हजार बराबरको उपकरण तथा औषधी आज हस्तान्तरण गरिएको दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीले जानकारी दिएका छन् । दोधारा चाँदनी नगरपालिका कार्यालयको एक कक्षमा संचालनमा ल्याईएको नागरिक आरोग्य केन्द्रमा उपचार गर्नेको संख्यामा बृद्धि हुदै आएको छ् ।

आर्युवेदिक उपचार सेवालाई मध्यनजर राख्दै दोधारा चाँदनी नगरपालिकाका उपमेयर जोशीले उपकरण तथा औषधीको लागी शुदुरपश्चिम प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयमा पहल जारी गर्दै आएका हुन् । आज एक कार्यक्रमको बिच नागरिक आरोग्य केन्द्र दोधारा चाँदनीलाई उपकरण तथा औषधी हस्तान्तरण गरिएको हो । डिजिटल तौल नाप्ने मसिन, तापक्रम नाप्ने यन्त्र, बिभिन्न प्रकारका आर्युवेदिक औषधी रहेको बताईएको छ् । हस्तान्तरण कार्यक्रममा शु्दुरपश्चिम प्रदेश सभा सदस्य बेल बहादुर राना, दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशी, दोधारा चाँदनी नगरपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त मिश्र तथा नागरिक आरोग्य केन्द्र दोधारा चाँदनीका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

उपमेयर जोशीको पहलमा ल्याईएको उपकरण तथा औषधीले स्थानियहरुमा उपचार गर्न निकै सहज हुने स्थानियहरुले बताएका छन् । यस अघि उपमेयर जोशीको पहलमा शुदुरपश्चिम प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयबाट दोधारा चाँदनी नगर अस्पतालको लागी ठुलो मात्रामा स्वास्थ्य उपकरण तथा औषधी हस्तान्तरण गरेका थिए ।

नागरिक आरोग्य केन्द्र स्थापना भएपछि स्थानियहरु आयुर्वेदिक उपचारको सहज पहुचमा पुग्दै आएको स्थानियहरुले बताएका छन् । केन्द्रले सेवा बिस्तार गर्दै पञ्चकर्म सेवा समेत संचालनमा रहेको केन्द्रका बैध राजु जोशीले बताएका छन् । नागरिक आरोग्य केन्द्रमा २० प्रकारका निशुल्क औषधी, परामर्श, योग र पञ्चकर्म सेवा उपलब्ध गराईदै आएको छ् ।

ताजा समाचार