कञ्चनपुर : रिर्टनी सेन्टर नेपाल कञ्चनपुरको संयोजकमा विशाल कुमार तिरुवा चयन भएका छन । नेकपा माओवादी केन्द्र निकट रिर्टनी सेन्टर नेपाल कञ्चनपुरको जिल्ला भेलो निरुवाको संयोजकत्वमा १९ सदस्यीय कार्य समिति चयन गरिएको छ । सचिवमा बिरसिह राना, आनसिह बोहरा, भागिराम राना, सुरेश सुनार, अर्जुन जाग्री, उमेश ओड, मोहन ओड लगायतका रहेका छन ।
रिर्टनी सेन्टर नेपाल केन्द्रीय सदस्य तथा सुप प्रदेशका संयोजक राजेन्द्र विष्टको अध्यक्षतामा नेकपा माओवादी कञ्चनपुरका जिल्ला इन्चार्ज बिरभान चौधरीको प्रमुख आतित्यमा भेला भएको थियो । भेलामा नेकपा माओवादी केन्द्र कञ्चनपुरका संयोजक खेमराज पाण्डे, महेश दत्त जोशी, अर्जुन साउद सहितका माओवादी नेता कार्यकर्ताहरुको उपस्थितिमा रिर्टनी सेन्टर कञ्चनपुरको भेला भएको थियो ।