द्धन्द पिडित, यौन हिँसा पिडित, एकल महिला लक्षित कार्ययोजना बनाउनु पर्ने माग

कञ्चनपुर :  कञ्चनपुरमा द्धन्दबाट पिडित, यौन हिँसामा परेका महिला, एकल महिलाहरुलाई लक्षित गरेर स्थानिय सरकारले कार्ययोजना बनाउनु पर्ने सहभागीहरुले औँलाएका छन् । आईतवार वेदकोट नगरपालिकाको हलमा नागरिक आवाजको आयोजना तथा एड्भोकेसी फोरम नेपालको सहकार्यमा सम्पन्न भएको महिला, शान्ती र सुरक्षा दोस्रो राष्ट्रिय कार्ययोजना सम्बन्धी स्थानिय सरकारसंग संवाद कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा सहभागीहरुले शान्ती सम्झौता भएको २ दशक भएको अवस्थामा पिडितहरुले उचित न्याय, स्थानिय सरकारबाट योजना सिप विकासका तालिमहरु नपाएको गुनाशो गरेका हुन् ।

बिभिन्न क्षेत्रमा कोटा आएपनि द्धन्द पिडितहरुको नाममा कोटा पनि नहुने स्थानिय सरकारले बनाउने कार्ययोजनामा आफना मागहरु पनि नसमिटिने र योजना आएको जानकारी पनि हुने नगरेको उनिहरुले बताए । द्धन्द पिडितहरुको नाममा आएको बजेटमा पिडितहरुको मात्रै योजना कार्यान्वयन हुनुपर्ने र पालिले योजना बनाउँदा हामी पिडितहरुलाई पनि सोधेर हाम्रो आवस्यक्ता अनुरुप कार्ययोजना बनाईनु पर्ने उनिहरुले माग राखेका छन् । कार्यक्रमका प्रशिक्षक तथा सहजकर्ता अधिवक्ता पुष्प विक्रम शाहीले २०५२ देखी २०६२ साल सम्म चलेको शसस्त्र द्धन्दले १७ हजार जनाको मृत्यु भएको तथ्याङक बाहिर आए पनि २० हजार जनाको मृत्यु भएको र ३ हजार बढी वेपत्ता भएको बताए । उनले स्थानिय तहले अबका कार्ययोजना बनाउँदा द्धन्द पिडित, यौन हिँसामा परेका महिला, एकल महिला दलित, अपाङग, विपन्न महिला लगायतहरुको माग सम्बोधन हुने गरी र आवस्यक्ताको आधारमा योजना बनाईनु पर्ने बताए ।

उनले भौतिक विकास संगसंगै मानविय विकास पनि हुन जरुरी रहेको बताए । यस्तै अधिवक्ता अनुपा अर्यालले द्धन्दको समयमा देशैभरमा एक तिहाई महिलाहरु पिडित रहेको बताईन् । आयोगले दिएको ६३ हजार उजुरी मध्ये ३ सय १५ जना महिला मात्रै यौन हिँसमा परेको उजुरी आएको निकै कम तथ्याङक सावैजनिक गरेको र यो निकै कम रहेको बताईन् । त्यो बेलामा पिडितहरुको पिडा सुन्ने पूरुषहरु मात्रै रहेको र महिलाहरुले आफनो पिडा भन्न नसकेर पनि कतिपय दिदिबहिनीहरुले आफनो पिडा मनमै लुकाएको उनले बताईन् । उनले संयुक्त राष्ट्र संघ सुरक्षा परिषद प्रस्ताव १३२५ मा द्धन्दको समयमा सम्पूर्ण प्रभावित महिलाहरुको विषयमा बोल्ने र संयुक्त राष्ट्र संघ सुरक्षा परिषद प्रस्ताव १८२० यौन हिँसमा परेका महिलाहरुको विषयमा बौल्ने जानकारी दिईन । त्यसैले यो विषयमा स्थानिय सरकारले कार्य योजना कार्यान्वयन गर्न कार्य समिति निर्माण गरेर उनिहरुको समस्यामा मलहम लगाउन महत्वपूर्ण भुमिका खेल्ने बताईन् । नगर उपप्रमुख तुलसी जोशीले जसको समस्या उसैको प्रतिनिधित्व हुनुपर्ने बताईन ।

शान्ती सम्झौतको समयमा पनि पिडितहरुले आफनो माग राख्न नसक्दा उचित प्रतिनिधित्व नपाँउदा अहिले पनि पिडामा समस्यमा रहेको बताईन् । साथै, वेदकोट नगरपालिकाले आफनो रातो किताबमा पनि द्धन्द पिडित, एकल महिला, दलित अपाङहरुका लागि बजेट छुटएर उल्लेख गरेको जिल्लामा पहिलो पालिका भएको बताईन् । पालिकाले सबैलार्य समेटेर दुना टपरी, डोको नाम्लो, लगायतक बिभिन्न सिप मुलक कार्यक्रम गरेर द्धन्द पिडित महिलाहरुलाई पनि समेटेको बताईन् ।

उनले आफुले द्धन्द पिडित, यौन हिँसमा परेका, एकल महिला लगायत सबेको योजनालाई प्राथमिकतामा राखेर काम गरेको र आगामी दिनमा पनि कटिबद्ध भएर यो क्षेमा लाग्ने प्रतिबद्धता जाहेर गरिन । कार्यक्रमका सभाध्यक्ष एवम नगर प्रमुख भोजराज बोहराले द्धन्दको समयमा मात्रै हिँसा नभएर अहिले पनि त्यसको श्रंखदला चलिरहेको अहिले पनि यौन हिंसा , महिला हिँसा भईरहेको बताए । द्धन्दबाट प्रभावितहरुलाई कसरी पूर्नस्थापना गर्न सकिन्छ कसरी उनिहरुको पिडालाई कमगर्न सकिन्छ भन्ने विषयमा पालिका सधै सकारात्मक तवरले कार्य गरिरहेको बताए । साथै अहिले पनि बिभिन्न शिर्षकहरुमा बजेट छुट्याएर काम गरिरहेको बताए । साथै आगामी दिनमा द्धन्द पिडितहरुलाई समेटेर उपसमिती गठन गरी यो क्षेत्रमा काम गर्ने बताए ।

ताजा समाचार