मृगौला पीडित दार्चुलाका सार्कीको उपचारमा सहजिकरण

कञ्चनपुर: मृगौला पीडित दार्चुलाका एक युवकको महाकाली प्रादेशिक अस्पतालमा उपचारमा सहजिकरण गरिएको छ । मृगौला पीडित लेकम गाँउपालिका २ दार्चुलाका मोहन सार्कीको महाकाली अस्पतालमा उपचारमा सहजिकरण गरिएको हो ।

महाकाली अस्पताल व्यवस्थापन समितिका सदस्य समेत रहेका लेकम गाँउपालिका १ सर्मिलीका काँग्रेस युवा नेता साउदले मृगौला पीडित सार्कीको उपचारमा सहजिकरण गरेका हुन । सार्कीको आर्थिक अवस्था दयनिय भएकाले सार्कीको अन्य उपचार निःशुल्क एव डाईलासिसमा सहजिकरण गरेका छन ।

सार्कीका लागि एम्बुलेन्सको प्रबन्ध गरेर समेत घर पठाईएको छ । काँग्रेस नेता एव महाकाली अस्पताली अस्पतालका सदस्य साउदले विभिन्न समाजिक सेवा गर्दै आएका छन ।

ताजा समाचार