कञ्चनपुर : कञ्चनपुर उद्योग वाणिज्य संघले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं संसदिय दलका उपनेता विराज भक्त श्रेष्ठलाई स्वागत, सम्मान तथा परिचयात्मक कार्यक्रम गरेको छ । विहिबार कञ्चनपुर उद्योग वाणिज्य संघको हलमा एक कार्यक्रमको आयोजना गरि सांसद श्रेष्ठलाई स्वागत गरिएको हो । उक्त कार्यक्रममा उद्योगी व्यवसायीह?ले भारतीय सीमानाकामा भारतीय सुरक्षाकर्मीबाट खेप्दै आई रहेको समस्या बारे प्रष्ट पारी आफ्ना समस्याह?लाई सदनमा राख्न माग गरेको थिए । ‘सांसद मार्फत सदनमा कुरा राख्दा हाम्रा समस्या हाम्रा नेताह?को कानमा पुगी केही पहल गर्छन की भन्ने आस रहेको’ कञ्चनपुर निर्माण व्यवसायी संघका अध्यक्ष निरञ्जन प्रसाद भट्टले बताए । त्यसैगरी कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले वर्तमान अवस्थामा पर्यटन, व्यवसायी, उद्योगी तथा निर्माण व्यवसायीह?लाई तिनै तहको सरकारबाट हेर्ने दृष्टीकोण हेपाह भएको र चर्को कर तथा बैंक व्याजका कारण उद्योगी व्यवसायी ठाडो उठन नसक्ने बताए ।


अहिलेको निर्माण व्यवसायी, उद्योगी तथा व्यपारीह?को समस्या बाट आफुह? पनि अनभिज्ञ नरहेकोले आफु र आफ्नो पार्टीले यस समस्याको निराकरणको लागि छिटै पहल थाल्ने राष्ट्रिय स्वतन्त्रपार्टीका सांसद एवं संसदिय दलका उपनेता विराज भक्त श्रेष्ठले बताए ।

कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीको अध्यक्षतामा आयोजना गरिएको उक्त कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं संसदिय दलका उपनेता विराज भक्त श्रेष्ठ प्रमुख अतिथी रहेका थिए, त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य दिपक बोहरा, उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हेम विक्रम थपा, पूर्व अध्यक्ष ऋषिराम खरेल, महाकाली बहुउद्देश्य बस व्यवसायी महासंघका अधयक्ष डम्बर पन्त, लगायतको उपस्थीति रहेको थियो । कार्यक्रमको सञ्चालन कार्यालय प्रमुख हेमराज भट्टले गरेका थिए ।







