क्रान्तिकारी विद्यार्थीले कञ्चनपुरमा शिक्षा विधेयक जलाए


कञ्चनपुर : अखिल क्रान्तिकारीले कञ्चनपुरमा शिक्षा विधेयक जलाएको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठनले मंगलबार महेन्द्रनगरमा विधेयक जलाएको हो ।
अखिल क्रान्तिकारी सुदूरपश्चिमका इन्चार्ज सुरेन्द्र धानुकले विभेदकारी शिक्षा विधेयक जलाईएको बताए ।

क्रान्तिकारी सुप प्रदेशका इन्चार्ज धानुकले शिक्षा कार्यालय र भीमदत्त नगरपालिका क्षेत्रमा जलाईएको बताए । निजी विद्यालय र तिनका मालिक पोस्ने खालका शिक्षा विधेयकले शिक्षा क्षेत्रमा सुधार ल्याउनुको साटो विकृती ल्याउन खोजिएको भन्दै शिक्षा विधेयक संशोधन एव खारेजीको माग अघि सारेर दवावमुलक कार्यक्रम अनुरुप जलाएको बताए ।


Loading Viewer...

ताजा समाचार

spot_img