भीनपा–१३ मा हिन्दू महिलाहरुको महान पर्व हरितालिका तिज विशेष कार्यक्रम शुरु


कञ्चनपुर : भीनपा–१३ मा हिन्दू महिलाहरुको महान पर्व हरितालिका तिज विशेष कार्यक्रम शुरु भएको छ । भीमदत्त नगरपालिका वडा नम्बर १३ को आयोजनामा तिज विशेष कार्यक्रम शुरु भएको हो । हिन्दुहरुको महान पर्व तिजको अवसरमा सिद्धनाथ मा.वि. बडैपुर विद्यालयमा शनिबार तिज विशेष कार्यक्रम आयोजना गरेको हो ।

अहिले चाडपर्वको नाममा बढदै गई रहेको विकृतिलाई हटाउनको लागि परम्परागत तरिकाले प्रत्यक्ष बसेर नाच्दै गाँउदै तीज कार्यक्रम शुरु गरिएको छ। शनिबार भीनपा–१३ को वडैपुरमा शुरु गरिएको हो भने आइतबार र सोमबार वडाका विभिन्न स्थानमा तिज विशेष कार्यक्रम हुने अध्यक्ष बोहराले बताए । उनले भने ’हामीले परम्पारगत तरिकाले प्रत्यक्ष बसेर मादल बजाउँदै तथा नाचगान गर्दै तीज विशेष कार्यक्रमको आयोजना गरेका हौँ।’ ‘अचेलका नयाँ पुस्ताले पनि डिजेमा नाचेर मात्रै हैन हाम्रो पुर्खा देखि चलिआएको परम्परालाई जोगाएर राख्नुपर्ने र अहिले हाम्रो सांस्कृति चाड पर्वमा देखिएको विकृतिलाई रोक्न यस प्रकारको आयोजनाले मद्दत मिल्ने अध्यक्ष बोहराले बताए ।

भीनपा–१३ की वडा सदस्य बाला देवी नाथले पनि हाम्रो मौलिक संस्कृतिलाई जोगाउन सबैले जोड दिनुपर्ने बताएकी छन्। पश्चिमी सभ्यताको देखासिकी गर्दै मापसे सेवन गरी चाडपर्व मनाउनु निन्दनीय रहेको उहाँको भनाई रहेको छ । त्यो देखासिकी रोक्न आफूहरुले मौलिक र परम्परागत रूपमा तीज विशेष कार्यक्रम मनाएको उनले बताईन् । उक्त तिज विशेष कार्यक्रममा महिला सदस्य फुल पहरी परी संयोजक रहेकी छन् ।


Loading Viewer...

ताजा समाचार

spot_img