कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका १० झलारी बजारबाट मानसिक अबस्था कमजोर भएकी अन्ताजी २० वर्षीय युवतीको प्रहरीले आज उद्धार गरेको छ । ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक बीर बहादुर बुढाऐरका अनुसार भीमदत्त नगरपालिका १३ पिपरैया बस्ने सिमा सुनारको उद्धार गरी मानव सेवा आश्रम धनगढी पठाईएको छ ।

दुई साता देखि युवती झलारी बजारमा क्षेत्रमा वेवारिसे अबस्थामा डुल्दै आएकी थिईन । युवती जोखिममा पर्ने सक्ने अबस्थाको आँकलन गरी प्रहरीले मानव सेवा आश्रम पठाएको जनाएको छ । गत वर्ष झलारी बजार क्षेत्रबाट प्रहरीले मानसिक सन्तुलन गुमाएका चार जनालाई सेवा आश्रम पठाएको थियो ।







