कञ्चनपुरकाे भिमदत्त वडा नं ४ मा म्याद नाघेका पेयपदार्थ वेवारिसे अवस्थामा


कञ्चनपुर : कञ्चनपुरकाे भिमदत्त वडा नं ४ स्थित म्याद नाघेका पेयपदार्थ वेवारिसे अवस्थामा फालिएको छ । भिमदत्त ४ बजार हाईवे देखि सब्जिमण्डि जाने राेडकाे छेउमा आर सि लेमन लिमी स्टिकर टाँसिएको पेय पदार्थले भरिएको बाेतलहरु अव्यवस्थित तरिकाले फालिएका छन ।

उक्त फालिएका पेयपदार्थ काे बारेमा स्थानिय बाट बुझ्दा भारतिय मुलका कवाड उठाउने ले कम्पनी बाट ल्याएको बताएका छन । यसरी कम्पनीले गैर जिम्मेवारी पुर्वक म्याद समाप्त भएकाे पेयपदार्थ लाई उचित तरिकाले व्यवस्थापन गर्नुपर्ने थियो भन्दै यस्तो लापरवाही कार्य प्रति स्थानियले आक्रोस व्यक्त गरेका छन भने सम्बन्धित निकायको ध्यानाकर्षण हाेस् भन्ने धारणा रहेकाे बताए ।


Loading Viewer...

ताजा समाचार

spot_img