कञ्चनपुर : निडस नेपालले आप्रवासी परिवारका लागि आर्थिक उत्थान सिलता कार्यक्रम अन्तरगत ५ दिने तालिम सन्चालन गरेको छ। कोइकाको आर्थिक सहयोग र अक्सफाम नेपालको साझेदारीमा महिला शसक्तिकरण केन्द्रका सहजकर्ताहरुका लागि तालिम सन्चालन गरेको हो । आप्रवासी परिवारका महिलाहरुको आर्थिक अवस्थामा सुधार गर्न, आर्थिक गतिविधिमा पहुँच पुगाउन तालिम सन्चालन गरिएको हो।

आर्थिक, लैंगिक, सामाजिक मुल्य मान्यता र कुरिती जसले गर्दा महिलाहरुलाई प्रगति गर्न वाधक छ ति बिरुद्ध सचेतना फैलाउन महिला शसक्तिकरण केन्द्रका सहजकर्ता हरु लाइ तालिम दिएर उनीहरूको क्षमता अभिवृद्धि गर्नेगरी तालिम सन्चालन गरेको हो। रिफ्लेक्ट प्रशिक्षण प्रशिक्षक तालिम पश्चात महिला शशक्तिकरण केन्द्र संचालनका लागी सक्षम सहजकर्ता तयार हुनेछन्। सहजकर्ताले रिप्लेक्ट बिधी बाट समुदायमा भएका कुरुती कुस्कार तथा बिभिन्न सवालको पैरबी गर्न सक्ने छन । परियोजना द्धारा निर्माण गरिएका सुचना तथा सुचक पुरा गर्न महिला शशक्तीकरण केन्द्र मार्फत समुदायलाई सहज हुने निडस नेपालका सह कार्यकारी निर्देशक प्रकास मडैले बताएका छन्।

भीमदत्त नगरपालिका वडा नम्बर ९ खल्ला, टुडिखेल, मुसेट्टी, ब्रम्हदेव र वादी वस्ती मटैनाबाट महिला शसक्तिकरण केन्द्रका सहजकर्ताहरुको सहभागिता रहेको छ। भीमदत्त नगरपालिका वडा नम्बर ९ का अध्यक्ष गगन सिंह कार्कीको सभापतित्व र भीमदत्त नगरपालिका वडा नम्बर ६ का अध्यक्ष तथा भीमदत्त नगरपालिका नगर प्रवक्ता महेन्द्र खड्का को प्रमुख अातिथ्यमा उदघाटन कार्यक्रम संचालन गरिएको थियो।







