कञ्चनपुुर:कञ्चनपुरको बेलडाँडीमा भएको देउडा प्रतियोगितामा चर्चित देउडा गायक डम्बर खडका प्रथम भएका छन । सुदूरपश्चिमेलीको गौरा पर्वको अवसरमा नेपाल साँस्कृतिक महासंघद्वारा बेलडाँडी गाँउपालिका १ गौरादेवी महेश्वरी मन्दिर क्षेत्रमा आयोजना गरिएको देउडा प्रतियोगितामा खडका प्रथम भएका हुन । बेलडाँडीका स्थानीय एव महेन्द्रनगरमा बस्दै आएका युवा उद्यमी खडकाले यस अघि पनि विभिन्न देउडा प्रतियोगितामा उत्कृष्ठ स्थान हासिल गर्देै आएका छन ।

द्वितिय पदमराज जोशी, तृतिय टीका साउद(सानु) र सान्त्वना तर्फ सुपारी थापा बसन्ती नेपाली रहेका छन । उनीहरु क्रमस २१, ११, ७ र ३÷३ नगदका साथै प्रमाण पत्र प्रदान गरिएको छ । नेपाल साँस्कृतिक महासंघ बेलडाँडीका सभापति चेत बहादुर शाहले सुदूरपश्चिमेलीको लोक देउडा खेल सरक्षणका लागि प्रतियोगिता आयोजना गरिएको बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सुप प्रदेश सभा सदस्य दिवान सिह विष्टले विजेता देउडियालाई प्रमाण पत्र हस्तान्तरण गर्दै सुपको लोक देउडा खेल सरक्षण, प्रर्बद्धनमा जोड दिएका छन ।

कार्यक्रमकी बिशिष्ठ अतिथि बेलडाँडी गाँउपालिका उपप्रमुख शान्ति नाथले समेत विजेता देउडियालाई बधाई तथा शुभकामना दिर्दै आफ्नो कला संस्कृति संरक्षणका लागि बेलडाँडीमा थप देउडा कार्यक्रममा जोडदिईन । युवा देउडा गायब राधाकृष्ण जोशी(ज्वाला) सहितले प्रतियोगिताको सहजिकरण गरेका थिए ।







