दोधारा । भारत लैजाादै गरेका ५ सुदूरपश्चिमेली महिलाको उद्दार गरिएको छ् । इलामको नेपाल भारत सीमा क्षेत्र पशुपतिनगरबाट उनीहरुको उद्दार गरिएको हो ।दलालले सिमाना कटाउन लाग्दा सोधी खोजी गर्ने क्रममा झापामा काम लगाउने बहाना बनाएर सिमाना कटाउन लागेको थाहा पाएपछि ती महिलाको उद्दार गरिएको माइती नेपालले जनाएको छ् ।

उद्दार गरिएका कञ्चनपुरका २, दार्चुला १, बैतडी १ र अछामका १ महिला रहेको माईती नेपालको भनाई छ । बिहीबार राती ८ बजे शंकास्पद गतिविधि देखिएपछि सोधखोज गर्दा दलालले सीमाना कटाएर सिलिगडी लैजान लाग्दा महिलाको उद्दार गरिएको हो ।उद्दार गरिएका महिला १६ देखि ३० वर्ष उमेर समूहका छन् ।







