मानव बेचबिखन विरुद्धको १७ औँ दिवस कञ्चनपुरमा विविध कार्यक्रम सहित सम्पन्न


कञ्चनपुर : मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १७ औ राष्ट्रिय दिवस देशैभर विभिन्न कार्यक्रम गरि मनाइएको छ। यसैगरी कञ्चनपुरमा पनि विभिन्न कार्यक्रम सहित मानव बेचबिखन नियन्त्रणका लागि कञ्चनपुरका सरकारी तथा गैरसरकारी संस्थामा आबद्ध व्यक्तिहरूको उपस्थितिमा दिवस मनाइएको छ।

जिल्ला प्रशासन कर्यालय कञ्चनपुरको आयोजनामा तथा विभिन्न संस्थाहरुको सहयोगमा र भिमदत्त नगरपालिकाको सहकार्यमा अन्तर्क्रिया गरेर दिवस मनाइएको हो। ‘सामाजिक न्याय र आर्थिक सशक्तिकरण : मानव वेचविखनको निर्मूलन’ भन्ने मूल नाराका साथ देउडा कार्यक्रम मार्फत मानव बेचबिखन विरुद्ध जनचेतनामूलक कार्यक्रम समेत गरिएको साना हातहरु नेपाल कञ्चनपुरकी स्टेसन म्यानेजर रञ्जना सुनामले बताउनुभयो।

साथै साना हातहरु नेपाल, साहासी महिला नेपाल र निड्स नेपालले महेन्द्रनगर स्थित बसपार्क क्षेत्रमा जनचेतनामुलक स्टिकर, पोस्टर, पम्पलेट समेत बाँडेका छन्।


Loading Viewer...

ताजा समाचार

spot_img