विदाको दिनमा पनि भीनपा–१८ले दियो जनतालाई सेवा


खड्क कोली/कञ्चनपुर : देशभरी कर्मचारी कार्यालयमा ढिलो जाने, सेवाग्राहीको काम नगर्न, अल्छी मन्ने, काम गर्न नखोजने भनेर बदनाम भै रहेको बेला, भीमदत्त नगरपालिकाले गौरापर्वको विदाको घोषणा गरे पनि भीनपा–१८का कर्मचारीले सेवाग्राहीलाई सेवा दिएका छन् ।

समाजिक भत्ता नविकरण, डिजिटल काम लगायतका कामहरु पनि शनिबार र विदाको दिनमा पनि दिदैं आएको वडा सचिव दिनेश भट्टले बताए । उनले भने ‘यस वडा नं. १८मा बढि जनसंख्या भएकोले गर्दा कार्यालय सञ्चालन भएको दिनमा यस प्रकारको काम गर्न अलि कठिनाई हुनाले विदाको दिनमा पनि सेवा दिदै आएका छौै ।’

‘वडामा सबै भन्दा बढी सुकुम्वासी समस्या रेहेकोले सुकुम्वासीहरुको फारम लगाएतको काममा पनि विदाको दिनमा काम गर्दै आएको’ कर्मचारी रतना ऐरीले बताईन् ।

‘विदाको दिनमा पनि जनप्रतिनिधि लगायत कर्मचारीले काम गर्दै आएको, जनताको सेवा गर्न हामी आएका हौं हाम्रो कार्यकालमा दिनरात नभनी सेवा दिन तयार छौं’ वडा सदस्य हेम बस्नेतले बताए ।


Loading Viewer...

ताजा समाचार

spot_img