बेलौरी नगरप्रमुख चौधरीलाई पितृ शोक


बेलौरी : कञ्चनपुरको बेलौरी नगरपालिका प्रमुख पोतीलाल चौधरीलाई पितृ शोक परेको छ । बेलौरी नगर प्रमुख चौधरीलाई पितृ शोक परेको हो । मंगलबार साँझ घरमा बुवा जनक लाल चौधरीलाई करेन्ट लागेपछि उपचारका क्रममा धनगढी स्थित निसर्ग हस्पिटलमा गएराती निधन भएको हो ।

मेयर चौधरीका आफन्त अमर चौधरीले करेन्ट लागेर घाईते भएका जनकलालको उपचारकै क्रममा निधन भएको बताए । पितृशोक परेका मेयर चौधरीको परिवार यतिबेला शोकमा डुवेको छ । ७२ वर्षीय मृतक बुवा जनक लाल चौधरीका दुई छोरा र एक छोरी रहेका छन । अहिले बिहान १० बजे आफ्नै निवास रामनगर देखि भकुण्डा आर्यघाट शवयात्रा तय गरिएको आफन्त अमर चौधरीले बताए ।


Loading Viewer...

ताजा समाचार

spot_img