मकैबाली जोगाउन रातभरी जाग्राम बस्न बाध्य किसान


बैतडी : बैतडी जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर १ गुरुखोला स्थित पाली/पसीका टोलमा बाँदर र जंगली बँदेलले आतंक मच्चाएको छ। दिनहुँ पाक्नै लागेको मकै बाली तोडेर तथा खाएर किसानहरुलाई बाँदर र जंगली बँदेलले दुःख दिने गरेको स्थानिय नवराज भट्टले बताउनभयो। दिनभरि खेतमै बसेर मकै बाली बचाउनु परिरहेको रहेको छ।

उनले भने ” दिनभरि खेतमै बसेर मकैबाली बचाउनु परिरहेको छ, बाँदरले पाक्नै लागेको मकैबाली खाएर तथा तोडेर नष्ट गरिरहेको छ। गाउँमा भएका फलफूलहरू जोगाउन पनि निकै समस्या भइरहेको छ।” राति झन् जंगली बँदेल आएर पनि मकैबाली नष्ट गर्ने भएकाले आफूहरु रातभरी जाग्राम बस्न बाध्य भएको उहाँले बताउनुभयो। दिउँसो बाँदरले र राति जंगली बँदेलले मकैबाली नष्ट गरिदिँदा किसान निकै चिन्तीत बनेका छन्।


Loading Viewer...

ताजा समाचार

spot_img