कञ्चनपुर : देशभरी गौ हत्या विरुद्ध सद्भाव र्याली निकालिएको बेला कञ्चनपुरमा पनि गौ हत्या विरुद्ध सद्भाव ¥याली, शान्तिपूर्ण आन्दोलनको संखघोष हुने भएको छ । भदौ ११ गते सोमवार दिउसो २ बजे गौ हत्या विरुद्ध भीमदत्त नगरपालिकामा सद्भाव र्याली निकालिने भएको हो । उक्त कार्यक्रम आयोजनाको लागि आइतबार भीनपा–१८, राधाकृष्ण मन्दिर(बरपिपल)मा बैठकबसी दिर्घराज भट्टको संयोजकत्व र धन बहादुर कुँवरको उप–सयोजकत्वमा सात सदस्यीय संघर्ष समिति बनाएको छ ।

र्याली मदन चौक बाट निकाली बजार परिक्रमा गरी जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउने कार्य रहेको’ वैद्धिक सनातनी ओमकार परिवार र गौ हत्या विरुद्ध सद्भाव ¥यालीका संयोजक दिर्घराज भट्टले बताए । उनले भने ‘शान्तिपूर्ण आन्दोलनको संखघोष हुने भएकाले, सबैले यस कार्यक्रममा उपस्थित भई एक्यवद्धता जनाउनहुन हार्दिक अपिल गर्दछौं ।’

‘वैदिक सनातन धर्मका विरुद्ध केही दिन अगाडि धरानमा गोरु काटेर भोज गरिएको घटना सनातन धर्म विरोधी गतिविधि भएको ठहर गर्दै कञ्चनपुरमा गौ हत्या विरुद्ध सद्भाव र्याली निकालिन लागिएको’ लोककल्याणकारी सेवा ट्रष्टका अध्यक्ष हरिशरणम महाराजले बताए ।







