कञ्चनपुर : प्रत्येक शनिबार १०–१५ जना युवाहरु हातमा कुटो कोदालो र झाडु लिएर चौकमा भेला हुन्छन् र त्यही चौकमा बसेर युवाहरु सबैभन्दा बढी फोहर र सरसफाई गर्नु पर्ने टोलको स्थान चयन गर्छन, त्यसपछि उनीहरु उक्त स्थानमा सरसफाई गर्न हिड्छन् ।


भीनपा–१६ बसन्तपुरका युवाहरु परिवर्तन आफै बाट भन्दै ‘परिर्वतन ग्रुप’ बनाएर असारको पहिलो साता देखि प्रत्येक शनिबार सरसफाई अभियान सञ्चालन गर्दै आएका छन् । उनीहरु सँगै हातेमालो गर्दै हिडेका वडा नं. १६का वडा अध्यक्ष केशब सिंह विष्ट र स्थानिय पनि सरसफाई अभियानमा सँगै देख्न सकिन्छ । युवाहरुको पहलमा वडा अध्यक्ष विष्टले खाल्डा खुल्डी परेको स्थानमा पुर्नको लागि ३ टिपर ग्राईभेल फालेका थिए । जसलाई युवाहरु मिलेर आफैं खाल्डा खुल्डी भरेका हुन् ।


वर्षातको समयमा करेन्ट लाग्ने सम्भावनालाई मध्य नजर गर्दै अहिले युवाहरुले बिजुलीको तारमा लागेका रुखका हाँगाहरु छेक्ने कार्य गरि रहेका छन् । युवाहरुले यसरी समाज सेवाको साथै सरसफाई अभियान सञ्चालन गरेको देखेर गाउँका अभिभावक पनि खुशी छन् । ‘युवाहरु दिन प्रतिदिन कुलतमा फसिरहेको बेला हाम्रा गाँउका युवाहरु भने गाँउ बनाउने अभियानमा छन् यो हाम्रो गाँउको लागि सारै राम्रो कुरा हो’ स्थानिय बिर बहादुर बस्नेतले बताए ।
‘युवाहरुले यसरी आफ्नो गाँउ टोलको सरसफाई गर्र्दै गर्दा अरु गाँऊ टोलका युवाहरुले पनि सिक्ने र समाज सेवाको भवना जागृत हुने’ १६ का वडा अध्यक्ष केशव सिह विष्टले बताए । साथै युवाहरु सँगै सधै आफ्नो साथ सहयोग रहेने विष्टले बताए ।







