कञ्चनपुर : राष्ट्रिय स्वतन्त्र पाटीको अगुवाईमा बेलौरी नगरपालिका ८मा सरसफाई गरिएको छ । बिहीबार रास्वपा बेलौरी नगरपालिका ८को वडा समितिले सार्वजनिक क्षेत्रमा सरसफाई गरेको हो । रास्वपा बेलौरी८का वडा सभापति तिर्थलाल बोहराले सडक छेउछाउ रहेका झाँडी र खाल्टाखुल्टी दुर्घटना निम्त्याएको भन्दै सफाई गरिएको बताए । रास्वपा बेलौरी ८का सभापति बोहराले पहिलो दिन कलकत्ता बजारदेखि कानपुरसम्म सफाई गरिएको बताए ।

उनका अनुसार सडकमा रहेका खाल्टाखुल्टी पुर्ने कामदेखि छेउछाउमा रहेका झाँडी सफाई गरेर दुर्घटनाबाट बाँच्ने यात्रुलाई सहज यात्रा गराउने काम भएको छ । उक्त कार्यक्रममा रास्वपाका नेता कार्यकर्ता, जनप्रतिनिधी, सुरक्षाकर्मी सहित स्थानीयको सहभागिता रहेको थियो । अभियान निरन्तर संचालन गरिने वडा सभापति बोहराले बताए । रास्वपा वडाले बिना बजेट उक्त कार्यक्रम गरेर नागरिकलाई सुरक्षा एव सहज हिडडुल गराउने काम गरेको भन्दैं प्रसंसा गरेका छन । तर उक्त सृजनात्मक कार्यक्रम निरन्तर संचालन हुनुपर्नेमा स्थानीयको सुझाव छ ।







