कञ्चनपुर : ‘हाम्रो परम्परा, हाम्रो संस्कृति, हाम्रो सुदूरपश्चिम, हाम्रो सुन्दर प्रकृति’ भन्ने मुल नाराका साथ बझाङ्ग लोक संस्कृति संरक्षण मञ्चले राष्ट्रिय विभूति बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंहको १४७ औं जन्मजयन्ती मनाएको छ । जयपृथ्वीबहादुर प्रगतिशील ब्यक्ति थिए ।
जनताले सुचना पाउन पर्छ भन्ने उद्देश्यले गोरखापत्र मार्फत पत्रकारिता प्रोएक्टिभ गरेका थिए । मानवता वादीको रुपमा रहेका सिहले कानुन, शिक्षा, वर्ग, जातियता र उचनिचको विरुद्ध समाजलाई जागरुक बनाउदै आएका थिए । उनको बारेमा वक्ताहरुले जति गुणगान गरे पनि त्यो कम हुने वर्तमान अवस्थामा उनले गरेका कार्य र त्यसताका भनेका कुराहरु समय सापेक्ष अनुकुल हुदै गएका छन् ।
नेपालबाट पहिलो व्यक्तिका रुपमा एशिया राष्ट्रहरुमा जाने र मानवजातिको बारेमा सामाजिक चिन्तन गर्ने राजाका रुपमा रहेका थिए ।
विहीबार बझाङ्ग लोक संस्कृति संरक्षण मञ्च तथा सह–आयोजक जयपृथ्वीबहादुर सिंह स्मृति प्रतिष्ठान कन्चनपुरद्वारा आयोजना भएको उक्त कार्यक्रममा मञ्चका अध्यक्ष रतन पति जोशीको सभापतित्वमा कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथी नेपाली काग्रेसका केन्द्रीय सदस्य यज्ञराज जोशीको रहनु भएको थियो । विशिष्ट अतिथीमा जिल्ला समन्वय समिति प्रमुख दुर्गा दत्त बोहरा, सुदूरपश्चिम विश्वविद्यालयका कानुन संकायका डिन कर्ण बहादुर थापा रहेका थिए ।









